काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धनका उम्मेदवार बाहेक अरुलाई मत नदिन आह्वान गरेका छन्।
उनले शनिबार पाँच दलीय गठबन्धनको मधेश प्रदेशस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै अहिलेको आवश्यकता र संविधान रक्षाका लागि गठबन्धन आवश्यक भएको भन्दै उत्साहपूर्वक गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अनुरोध गरे।
एमाले अध्यक्ष केपी शर्मा ओलीबाट भ्रष्टाचार नियन्त्रण गर्न असम्भव भएकाले गठबन्धन निर्माण गर्न बाध्य भएको नेता नेपालले दाबी गरे।







प्रतिक्रिया लेख्नुहोस्:-