Sunday, August 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः शङ्कास्पद वस्तुको विषयमा अनुसन्धान जारी

कार्तिक ८, २०७५ ११:०५ मा प्रकाशित
Share on FacebookShare on Twitter

न्यूयोर्क, ८ कात्तिक \ संयुक्तराज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, पूर्व विदेशमन्त्री हिलारी क्लिन्टन तथा अन्य डेमोक्राटिक पार्टीका नेता, अमेरिकी टेलिभिजन संस्था सिएनएनको कार्यालयमा पठाइएका पाइप बमका बारेमा अनुसन्धान सुरु भएको अधिकारीहरुले बताएका छन् ।

अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा अमेरिकी सुरक्षा व्यवस्थामा समेत चुनौती देखिएका छन् ।

केही समयदेखि यी सबै उच्च पदस्थ व्यक्तित्वलाई राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले घृणाको नजरले हेर्ने गरेका छन् । यद्यपी बमका बारेमा अनुसन्धान शुरु भइसकेको अमेरिकी सङ्घीय अनुसन्धान व्युरो (एफबीआई) ले जनाएको छ ।

आगामी नोभेम्बर ६ मा हुन लागेको मध्यावधि निर्वाचनअघि हिंसालाई प्रोत्साहित गर्ने गरी भएको यस्तो कार्यको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि निन्दा गर्नु भएको छ ।

टेलिभिजन च्यानल सिएनएनको कार्यालय समेत रहेको न्यूयोर्कस्थित टाइम वार्नर भवनमा पनि त्यस्तै शंकास्पद वस्तु भेटिएपछि समाचारकक्ष खाली गरिएको थियो । यसअघि गत सोमबार पनि उदारवादी परोपकारी एवं अर्बपति जर्ज सोरोसको न्यूयोर्कस्थित निवासमा बम भेटिएको थियो ।

पूर्व अमेरिकी वरिष्ट अधिकारीहरूलाई पठाइने चिठी तथा पार्सलहरू नियमित रुपमा जाँच हुने गरेको र त्यसैक्रममा प्राविधिकहरूले शङ्कास्पद विस्फोटक पदार्थहरु फेला पारेको समाचारमा जनाइएको छ । यस्ता शंकास्पद वस्तुको कम्तीमा सात पोका भेटिएको छ ।

अमेरिकी सुरक्षा निकाय सिक्रेट सर्भिसले जारी गरेको एक विज्ञप्तिका अनुसार २३ अक्टोबरमा भेटिएको त्यस्तो वस्तु श्रीमती क्लिन्टनको नाममा थियो ।

विज्ञप्तिका अनुसार त्यसपछि अक्टोबर २४ को बिहान दोस्रो त्यस्तै वस्तु पूर्व राष्ट्रपति बाराक ओबामाको निवासको ठेगानामा पठाइएको थियो ।

अझैसम्म कसैले घटनाको जिम्मेवारी लिएको छैन र यस घटनासँग सम्बन्धित कोही पनि पक्राउ परेका छैनन् ।

(रासस ÷एएफपी)

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result