Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

कारागारभित्रै स्वरोजगार

कार्तिक ८, २०७५ ३:२७ मा प्रकाशित
कारागारभित्रै स्वरोजगार
Share on FacebookShare on Twitter

विदुर, ८ कात्तिक / कारागार जीवन भन्नेबित्तिकै सामान्यतयाः सबैको बुझाइ हुन्छ, त्यहाँको बसाइ कष्टकर र अत्यन्तै पट्यारलाग्दो हुन्छ । जिल्ला कारागार नुवाकोटमा भने वास्तविकता त्यस्तो नभएर तिनको दिनचर्या सोचेभन्दा फरक, सिर्जनशील र व्यस्त देख्न पाइन्छ । विभिन्न अभियोगमा सजाय भुक्तान गरिरहेका बन्दीले कारागारको बन्द पर्खालभित्र पनि आफ्नो सीपको प्रयोग गरी स्वरोजगारमार्फत आकर्षक कमाइ गरिरहेका छन् ।
विदुर–१ ढुङ्गेस्थित जिल्ला कारागारमा रहेका कैदीबन्दीले आफूमा भएको सीपको विकास गर्दै मुढा, ढाकालगायत हस्तकलाका सामग्री बनाई जीविकोपार्जन गरिरहेका छन् । तिनले कारागारको समयको सदुपयोग गर्दै उत्पादित विभिन्न सामग्री बजारमा बिक्री गरी मनग्य आम्दानीसमेत गरिरहेका हुन् ।
जिल्ला कारागारमा हाल महिला पुरुष गरी १६१ कैदीबन्दी छन् । तीमध्ये २५ कैदीले अहिले मुढा र ढाका कपडाबाट विभिन्न डिजाइनका पोशाक तयार पारेका छन् । बन्दीहरुले महीनामा तीन सयदेखि पाँच सय मुढा बनाउने गरेको कारागारका आन्तरिक प्रशासन प्रमुख नाइके रवीन भनिने लुमडी कार्कीले जानकारी दिनुभयो । कारागारमा बनेका मुढा लिन जिल्लाबाहिरका समेत व्यापारी आउने गर्छन् । बन्दीद्वारा निर्मित सामग्री अन्यत्रभन्दा सस्तो र धेरै गुणस्तरीय हुने भएकै कारण जिल्ला बाहिर र जिल्लाका बजार क्षेत्रमा पनि उपभोक्ताले कारागारमै बनेका सामान रुचाउने गरेको पाइन्छ । “यहाँ बनेका मुढा र ढाकाका पोशाकहरु खरीद गर्न काठमाडौँदेखि व्यापारीहरु आउँछन्”, नाइके कार्कीे भन्नुहुन्छ, “कारागारभित्र निर्मित गुणस्तरीय सामग्री भएकै कारण तत्काल शुरुमै २ लाख रुपियाँसम्म अग्रीम रकम दिएर व्यापारीले बुकिङसमेत गर्छन् ।”
विभिन्न मुद्दामा थुनामा रहेका कैदीले महिनामा रु एक लाखदेखि तीन लाखसम्म आम्दानी गर्ने गरेको पाइन्छ । यसरी थुनामा रहेका बन्दीहरु काममा व्यस्त रहँदा उनीहरुमा हुने निराशापन हट्न जाने उहाँले बताउनुभयो । दुई वर्षअघि एक अभियोगमा नुवाकोट कारागारमा रही सजाय भुक्तान गरिरहेका नुवाकोट सूर्यमतीका नरबहादुर सूचीकारको अचेलको दैनिकी भनेकै यहाँ ढाकालगायत कपडाबाट तयारी पोशाक तयारी गरी बजारमा निर्यात गर्नु हो । उहाँले पुस्तौंँदेखि हुँदै आएको सिलाइकटाइको पेशालाई कारागारमा रहँदा समेत निरन्तरता दिने अवसर पाउनुभएको छ । यसबाट उहाँले कारागारमा रहनुपर्दाको कुनै पीडा महसुस गर्नुभएको छैन, बरु जीविकोपार्जनको काम गर्न पाउँदा खुशी देखिनुहुन्छ । उहाँ भन्नुहुन्छ, “ढाकादेखि अन्य कपडाको सिलाइबाट बजारमा माग भएअनुसारका पोशाकहरु बनाउँछु । यसबाट घरखर्च धानेको मात्रै छैन मैले मासिक सरदर ५० हजारसम्म आम्दानी गर्ने गरेको छु ।”
धेरै बन्दी हस्तकलाका सामग्री उत्पादनमा संलग्न रहेकाले उनीहरुको सीप, क्षमता र लगनशीलतालाई अझै विकसित गर्न कारागार प्रशासनले कारागारमा कारखाना नाइके नै व्यवस्था गरिदिएको छ । बन्दीका रुपमा रहेका धर्मबहादुर जम्कट्टेलले त्यसको नेतृत्व गरी यहाँ आवश्यक कच्चा सामग्री जुटाउने र त्यसबाट उत्पादित तयारी सामग्रीलाई बजारसम्म पु¥याउने काममा सहजीकरणको जिम्मेवारी लिनुभएको छ ।
कैदीबन्दीले आफ्ना लागि आवश्यक खर्चपर्च यसै स्वरोजगारमार्फत आफँै धान्ने गरेका छन् । त्यसबाहेक यहाँबाट हुने आम्दानी आआफ्ना परिवारमा पठाउने र कारागारको कमाइबाटै धेरैजसो बन्दीले छोराछोरीलाई पठनपाठनमा समेत योगदान पु¥याउने गरेको कारागार प्रशासनले बताएको छ । यसरी स्वरोजगार बन्दा कारागारको समय सदुपयोग हुने र बन्दीमा आफूभित्र रहेको हीनताबोध हटेर जान मद्दत पुग्ने जिल्ला कारागारका जेलर टंकराज चिमोरियाको बुझाइ छ । “बन्दीहरुले आफूलाई कमजोर सोचेर बस्न नपरोस् भन्ने नै हाम्रो उद्देश्य हो”, जेलर चिमोरियाले भन्नुभयो, “उनीहरुको मनोबल वृद्धि गरी भोलि समाजमा बन्दीहरुले आफूलाई पुनःस्थापना गर्न पनि यसले सहज बनाउनाका साथै अझ आर्थिक रुपमा समेत सबल बनाउँछ ।”रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result