बर्कली, क्यालिफोर्निया ।
अक्टोवर २८
स्यानफ्रान्सिस्को बे एरियाको मुटु मानिने बर्कलीमा नेपाली व्यावसायीहरुको लगानीमा अमेरिकन रेष्टुरेण्ट ‘द वाल्नट टाभ्रिन बार एण्ड ग्रील’को औपचारिक शुरुवात शनिवारवाट गरिएको छ । आज आयोजित एक कार्यक्रमको विच सिटी अफ नर्थ स्याटक बिजनेश एशोसिएशनका कार्यकारी निर्देशक र बर्कली चेम्वर अफ कमर्शका प्रतिनिधिहरुले सो रेष्टुरेण्टको औपचारिक उद्घाटन गरेका हुन् ।
बे एरियामा नेपालीहरुको लगानीमा नेपाली तथा इण्डियन रेष्टुरेण्टहरु धमाधम खुलिरहेको सन्दर्भमा अमेरिकन र खासगरि क्यालिफोर्निया क्यूजिनमा पनि नेपाली ब्यावसायीहरुको लगानी आकर्षित हुनुलाई महत्वपूर्ण मानिएको छ ।
बर्कलीकोको मुख्य ब्यापारिक केन्द्रमा खोलिएको सो रेष्टुरेण्टमा लामो समयदेखि क्यालिफेर्नियामा ब्वायसायमा संलग्न रहेका ब्यावसायीहरु नारायण सोमनामे, छिरिंग शेर्पा, प्रेम लामा र महसुस गौचनको आवद्धता रहेको छ । सोमनामे, शेर्पा र लामा होटल तथा रेष्टुरेण्ट ब्यावसायमा नेपालदेखि नै सफल मानिएका ब्यावसायीहरु हुन् ।
नेपालदेखि दुवई र अमेरिकाका विभिन्न पांचतारे होटलहरुमा सेफ भएर काम गरेका प्रेम लामा आफ्नो अनुभव र सीपलाई नयाँ तरिकावाट परिस्कृत गर्दै क्यालिफोर्नियाको क्यूजिनको नयाँ मेनुको विकास गरेको बताउछन् ।
झण्डै तीन दशकभन्दा बढी समय विभिन्न होटलहरुमा लिड सेफ भएर काम गरेका लामाले आफ्नो रेष्टुरेण्टले बर्कली र बे एरियाको रेष्टेरेण्टमा पाइने खानाको स्वादमा नयाँ आयाम थप्ने र ग्राहकहरुले मन पराउने विश्वास ब्यक्त गरे ।
‘हाम्रो प्रयास नै उत्कृष्ट खानाको निर्माण र त्यसको सर्भिस डेलिभरी हो’, लामाले भने । सो रेष्टुरेण्टले क्यालिफोर्नियन खानाका अलावा नेपाली मोमो पनि आफ्नो मेनुमा समावेश गरेको छ भने फूल बारको ब्यवस्था गरेको छ ।
रेष्टुरेण्ट ब्वायसायको अलावा सामाजिक सेवामा लामो अनुभव भएका र हाल ‘वाल्नट टाभ्रिन’को ब्यवस्थापन पक्ष सम्हालेका बे एरियाका अग्रज डिकेन्द्र मास्के नेपालीहरुले अमेरिकन रेष्टुरेण्ट संचालन गर्नु महत्वपूर्ण भएको बताउदै त्यसले नेपालीको सीप, अनुभव र लगानीको आयामलाई थप प्रोत्साहित गर्ने बताउछन् ।
सो रेष्टुरेण्टमा लगानी झण्डै १५ लाख अमेरिकन डलर रहेको बताइएको छ । रेष्टुरेण्टको औपचारिक उद्घाटनमा उल्लेख्य मात्रामा अमेरिकन तथा नेपालीहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-