स्यान्तारोजा, क्यालिफोर्निया
बडादशैं, दीपावली एवं छट पर्वको अवसरमा स्यान्तारोजा काष्ठमण्डप लाएन्स क्लवले आगामी नोभेम्वर ६ तारेखमा ‘दशैं तिहार धमाका’ सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त धमाका कार्यक्रममा प्रख्यात गायक किरण गजमेर, चर्चित लोकगायक भगवान भण्डारी र देविका केसीले साँगितिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रमका संयोजक रविसिंह बस्नेतले जानकारी दिए । कार्यक्रमको डिजे सन्दिपबाबु चौधरीले गर्ने भएका छन् ।
बस्नेतका अनुसार उक्त सांगेतिक कार्यक्रममा स्यान्तारोजा, नापा, सनोमा लयागत बे एरियाबाट सयौं नेपालीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
‘हामीले कार्यक्रमलाई लोक र आधुनिक संगीतको माध्यमवाट नेपालीलाई भरपूर मनोरन्जन दिने ब्यवस्था मिलाएका छौं,’- बस्नेतले भने ।
गजमेर ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक हुन भने भण्डारी नेपालको लोकगायनमा चर्चित गायक हुन् । गायीका केसी एनआरएनएकी अभियन्ता समेत हुन् ।
कार्यक्रमलाई ब्यवस्थित बनाउन काष्ठमाण्डप लाएन्स क्लवले सकृयतापूर्वक काम गरिरहेको र कार्यक्रम १०११ कलेज एभेन्यूमा आयोजक एवं क्लवका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-