Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विषादी हालेर मौरी मारेपछि किसान त्रसित

कार्तिक १३, २०७५ १:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, १३ कात्तिक / दाङमा विषादी हालेर किसानको ४४ गोलामौरी मारिएपछि मौरी चराउन पुगेका किसान त्रसित भएका छन् । अन्य किसानका मौरीमा समेत सोही घटना दोहोरिन सक्ने आङ्का किसानमा छ । नेपाल मौरीपालक महासङ्घले यस्तै अवस्था रहे पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउने भन्दै व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका अध्यक्ष शिवप्रसाद पौडेलले चराउन राखिएको मौरीको गोलामा विष हालेर मार्नु किसानविरुद्धको अपराध भएको भन्दै दोषीलाई पक्राउ गरी कारवाही गर्न सरकारलाई आग्रह गर्नुभयो । पौडेलले पीडितलाई उचित क्षतिपूर्ति दिन समेत सरकारसँग माग गर्नुभएको छ ।

दाङको घोराही उपमहानगरपालिका–१२ सिस्नेरीमा मौरी चराउने क्रममा चितवनको कालिका नगरपालिका–९ का किसान विकास नेपालको ४४ गोला मौरी विषादी हालेर नष्ट गरिएको महासङ्घले जनाएको छ । “मेरो ४४ गोलाभित्रै विष हालेको पाइयो, करीब २२ लाखको क्षति भएको छ, १८ गोला बेचेँ” नेपालले रासससँग भन्नुभयो । यस्तै अवस्था रहे व्यवसायबाटै हात धुनुपर्ने अवस्था आउने नेपाल दुःखेसो गर्नुहुन्छ ।

महासङ्घका अध्यक्ष पौडेलका अनुसार अन्य मौरीमा क्षति नपुगोस् भनेर कात्तिक ४ गते विषादीले मौरी मरेपछि उक्त घारलाई सोमबार जलाएर नष्ट गरिएको हो । उक्त घटना पहिलो भने होइन । दाङमा पटक÷पटक यस्ता घटना भइरहेका छन् । विगतमा लक्ष्मी मानन्धरको मौरीका घार समेत यसैगरी नष्ट भएको थियो ।

विसं २०७३ मा पनि दाङको रामपुरमा खेम न्यौपाने र विष्णु भुसालको मौरीका गोला यसैगरी नष्ट गरिएको महासङ्घका अध्यक्ष पौडेल बताउनुहुन्छ । “व्यावसायिक मौरीपालनले गति लिन लागेको बेला यस्ता घटनाले हामीलाई आहत बनाएको छ,” पौडेलले भन्नुभयो, “दोषीलाई कारवाही नगरिए अपराधिक मनोवृत्ति बढ्छ र किसान निरुत्साहित हुन्छन् ।”
दाङ, मौरीको चरनका लागि मुख्य जिल्ला मानिन्छ । चितवन, काठमाडाँैलगायत तराईका जिल्लाबाट अहिले दाङमा मौरी चराउने किसानको भीड छ । तोरी र चिउरी पहिले नै फूल्ने भएकाले दाङमा चितवन, काठमाडाँै, मकवानपुर, सर्लाही, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देहीलगायत जिल्लाका किसान मौरी चराउन पुग्ने गर्दछन् । दाङमा अहिलेको मौसममा चराउन विभिन्न जिल्लाबाट करीब ३० हजार गोला मौरी लगिएको अनुमान छ ।

चिउरीको मौसममा विभिन्न जिल्लाका किसान चितवनमा पनि मौरी चराउन पुग्छन् । नेपाल मौरीपालक महासङ्घ चितवन शाखा अध्यक्ष रोशन पण्डित बेलाबेलामा यस्ता घटना भइरहेको भन्दै मौरीको सुरक्षा गर्न सरकारसँग आग्रह गर्नुहुन्छ ।

महासङ्घका अनुसार नेपालमा अहिले पाँच हजार ५०० व्यवसायी मौरीपालक किसान छन् । अघिल्लो वर्षको तथ्याङ्कमा नेपालमा दुई हजार ४०० मेट्रिक टन मह उत्पादन भएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result