स्यानफ्रान्सिस्को, अमेरिका
अक्टोवर २९
नेपालीहरुको उल्लेख्य बसोवास रहेको बे एरियामा मन्दिर निर्माण अभियानले अन्तत: सफलता पाएको छ । बे एरियामा मन्दिर निर्माण गर्ने अभियानको लागि स्थापना गरिएको मुक्तिनाथ कर्पोरेशनले रिचमण्डको ५८०१ म्याकब्राइटको ठेगानामा रहेको भवन खरिद प्रकृया अघि बढाएपछि बे एरियामा नेपालीहरुले मन्दिर बनाउने पुरानो सपना साकार भएको हो । सो भवन मुक्तिनाथ कर्पोरेशनले १२ लाख अमेरिकी डलरमा खरिद गर्न लागेको हो ।
मन्दिर निमार्ण अभियानका अगुवा एवं मुक्तिनाथ कर्पोरेशनका ट्रस्टी राजेश थापाका अनुसार आगामी १० दिन भित्र मन्दिरका लागि भवन खरिदको प्रकृया सम्पन्न हुनेछ भने त्यसको लगत्तै मन्दिर स्थापनाको कार्य अगाडि बढाइनेछ ।
थापाले दिएको जानकारी अनुसार हालसम्म १० जना बोर्ड अफ ट्रस्टी र करिव ४ य ३० जना संस्थापक सदस्य बनिसकेका छन् । कर्पाेरेशनमा २० हजार डलर लगानी गर्ने बोर्ड अफ ट्रस्टी र १ हजार डलर लगानी गर्ने संस्थापक सदस्य बन्ने प्रावधान रहेको छ ।संस्थापक ट्रस्टीमा हालसम्म अनिल पाण्डे, दिक्पाल केसी, राजेश थापा, यज्ञलाल श्रेष्ठ, संजीव भट्ट, रनम श्रेष्ठ, सुनिता गुरुंग, शंकर केसी, पशुपति कंडेल र सूर्य शर्मा रहेका छन् ।
“हामी धेरै भन्दा धेरै नेपाली दाजुभाई दिदिबहिनीहरुलाई यस अभियानमा सहभागी हुन अनुरोध गर्दछौ, मन्दिर हाम्रो आस्था र विश्वासको थलो भएकोले यसले हामी सबै नेपालीलाई यस पूण्य कार्यमा सहभागी हुन आग्रह गर्दछौै”, थापाले भने ।
स्यानफ्रान्सिस्को बे एरियामा १० हजारभन्दा बढी नेपालीहरु रहेको सन्दर्भमा धेरै भन्दा धेरै नेपालीहरुलाई मन्दिरको अपनत्व लिन आग्रह गर्दै थापाले भने-‘ यो पूण्य कमाउने कार्य त हुदै हो, त्यसमाथि पनि हामी बै एरियामा मन्दिर निमार्ण गर्ने हामी सबै नेपालीहरुको साझा सपना पनि हो ‘।
उनले आगामी हप्ताभित्र धेरै नेपालीहरु यस अभियानमा जोडिने र संस्थापक शेयरधनीको संख्या २ हजार पुर्याउने लक्ष्य राखिएको पनि उल्लेख गरे । थापाले नेपालीहरु ओमकार परिवार भएकाले एक भएर मन्दिर स्थापनाको अपनत्व लिनुपर्ने पनि बताए । उनले मन्दिर पवित्र स्थान भएकाले सबै एकै ठाउमा जोडिने विश्वास ब्यक्त गरे ।
बे एरियामा शिवबुद्ध मन्दिर बनाउने अभियानको शुरुवात गत मार्च महिनावाट मुक्तिनाथ कर्पाेरेशनको स्थापनासंगै गरिएको थियो । अभियान शुरु गरिएको ६ महिनाभित्र कार्य प्रगति अगाडि बडाउन नसकिएमा शेयरवालाहरुको लगानी फिर्ता गरिने प्रतिज्ञाका साथ संचालन गरिएको सो अभियानको एकै दिनमा ४ लाख भन्दा बढी रकम संकलन भएको जानकारी दिइएको थियो ।
मुक्तिनाथ कर्पाेरेशनका अर्का ट्रस्टी अनिल पाण्डेले सबैको संयुक्त प्रयास र लगानीको कारण मुक्तिनाथ मन्दिर निमार्ण कार्य भएको बताए । ‘हामी यो मुक्तिनाथ मन्दिर अभियानमा तन मन र धनले साथ दिने सबैप्रति आभारी छौ’ पाण्डेले भने ।
मन्दिर निमार्ण अभियानका अगुवा एवं मुक्तिनाथ कर्पाेरेशनका अर्का ट्रस्टी दीक्पाल केसीले यस अभियानमा संलग्न सबैप्रति आभार प्रकट गर्दै मन्दिर सबै नेपालीहरुको साझा भएको बताए । मन्दिर निमार्ण कार्य सफ भएकोमा खुशी ब्यक्त गर्दै ट्रस्टी केसीले अनिल पाण्डे लगायतका अगुवाहरुको कारण छोटो अवधिमा नै सफलता पाएको बताए । मन्दिर निमार्णका अर्का अभियन्ता संन्जिव भट्टले नेपालीहरुले एक जुट भएर अभियान सम्पन्न भएको बताए ।
मन्दिर निर्माणको लागि भवन खरिद प्रकृया अघि बढेसंगै ट्रस्टी एवं संस्थापकहरुले सोही स्थानमा भेला भएर छलफल गरेका थिए । १२ हजार स्क्वाएर फिट भन्दा बढी क्षेत्रफल भएको सो भवनको नजिकै सानो खोला, वरपर बनजंगल र ठूलो पार्किंग स्थल रहेको छ भने नजिकै पिकनिक स्थल पनि रहेको छ।
मन्दिरका लागि खरिद गरिएको सो भवनमा थप अर्काे भवन पनि रहेको छ । त्यसको अलावा भवनको भाडाबापत ६ हजार भन्दा बडी रकम संकलन हुने थापाले बताए । कमसेकमपनि मन्दिर निमार्ण अभियान पुरा भएपछि यहाँ आएका नेपालीले बिचल्लीमा पर्न पर्दैन, थापाले भने ।
प्रतिक्रिया लेख्नुहोस्:-