स्याक्रामेण्टो, क्यालिफोर्निया
अक्टोवर ३०
क्यालिफोर्नियाको राजधानी स्याक्रामेण्टोमा आगामी नोभेम्वर ५ तारेख शनिवार गायीका अस्मिता अधिकारी र हर्कुलस बस्नेत सहित स्थानीय कलाकारको साथमा बृहत्त सांगेतिक कार्यक्रम ‘दशैंतिहार धमाका’को आयोजना गरिने भएको छ । क्यालिफोर्निया रहेको नेपालीहरुको संस्था रमाइलो इभेण्ट्सले सो कार्यक्रम गर्न लागेको हो । कार्यक्रम २१५९ El Camino Ave, Sacramento स्थित मिराज हलमा हुने कार्यक्रमका अयोजकहरुले बताएका छन् ।
कार्यक्रमका आयोजक एवं कलाकार अनुप गिरीका अनुसार सोही सांगेतिक कार्यक्रममा अस्मिता अधिकारी र हर्कुलस बस्नेतले दर्जनौं गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरन्जन दिनेछन् भने अर्का चर्चित गायक अनिश ओकेलीले पनि प्रस्तुति दिनेछन् । ।
ओकेलीले गत महिनामा भएको सुगम पोखरेलसँगको सांगेतिक कार्यक्रममा पनि आफ्नो गीत प्रस्तुत गरेका थिए ।
गिरीका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने छ । स्थानीय कलाकारहरु सावन श्रेष्ठ, मनिष खड्का, मणि मास्के, स्याङ्गेल तामाङ र दिजराज जोशीले पनि आफ्नो प्रस्तुति दिने कार्यक्रम रहेको छ भने कार्यक्रमको डिजे सन्दीप बाबुले गर्ने तय भएको छ ।
कार्यक्रमको टिकट नेपाली रेष्टुरेण्ट स्याक्रामाण्डुवाट प्रत्यक्ष रुपमा किन्न सकिने र अनलाइनमा thingsnepali.com मा गएर किन्न सकिने आयोजकले जनाएका छन् टिकटदर २५ डलर रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-