Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बायु ऊर्जाबाट सहजता

कार्तिक १६, २०७५ १०:४९ मा प्रकाशित
बायु ऊर्जाबाट सहजता
Share on FacebookShare on Twitter

बलेवा, १६ कात्तिक / मुस्ताङ जिल्ला प्रहरी कार्यालयमा आउने आउने जोकोहीको पनि विद्युतका कारण काम रोकिएको छैन । विद्युत् आपूर्ति नभएका कारण कम्प्युटर, प्रिन्टर तथा अन्य विद्युतीय प्रविधि सञ्चालन हुन सकेन भनेर कसैले समय पनि खर्चिनु परेको छैन ।
केन्द्रीय प्रसारणलाइनको विद्युत् आपूर्ति नभए पनि कार्यालय परिसर झलमल देखिन्छ । रातको समयमा मात्रै होइन, दिनमा समेत कार्यालयका भित्री कोठामा विद्युत् प्रयोग गर्दा महशुल धेरै उठ्ने चिन्तासमेत कार्यालयलाई छैन ।

फराकिलो कार्यालय परिसरको प्रवेशद्वार छेवैमा जडान गरिएको हावाबाट बिजुली निकाल्ने प्रविधिले उक्त कार्यालयलाई सबै काममा सहज बनाएको हो । हावाबाट टर्वाइन घुमाएर निकालिएको पाँच मेगावाट बिजुली र सात वटा प्यानल जडान गरिएको सौर्य ऊर्जाले कार्यालयमा खपत हुने सबै विद्युत् आपूर्ति गरिरहेको प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

हावा र सौर्य ऊर्जाको प्रयोगबाट जम्मा भएको शक्तिले कार्यालयका दश कम्प्युटर, तीन प्रिन्टर र २५ देखि ५० वाटसम्मका २० बत्ती सहजै बाल्न सकिने उहाँले जानकारी दिनुभयो । दुई वटा खम्बामा राखिएको दुई टर्वाइनलाई हावाबाट घुमाएर विद्युत् निकालिएको छ भने कार्यालयको प्रवेशद्वारको छानामा जडान गरिएका प्यानलबाट उत्पादन हुने विद्युत्लाई समेत एकै ठाउँमा जम्मा गरेर कार्यालयको काममा लगाइएको छ ।

“हामीकहाँ कामका लागि आउने जोकोहीको काम पनि विद्युत्का कारण रोक्नुपर्ने अवस्था छैन”, प्रहरी नायब उपरीक्षक खड्काले भन्नुभयो, “हावाबाट निकालिएको विद्युत्ले सबै काममा सहज भएको छ ।” विसं २०७४ मा जडान गरिएका टर्वाइनले निरन्तर विद्युत् उत्पादन गरिरहेको छ । दिनभरि सौर्य ऊर्जा र हावाबाट चलेका टर्वाइनले उत्पादन गरेको विद्युत्ले रातभरि कार्यालयका सबै कोठा र परिसरमा समेत झलमल्ल बत्ती बाल्न पुग्ने गरेको छ ।

स्थानीय पुष्प तिमिल्सिनाको समूहले एक वर्ष पहिला व्यक्तिगत लगानीमा जिल्ला प्रहरी कार्यालय परिसरमा हावाबाट चल्ने उक्त टर्वाइन जडान गरेको थियो । जोमसोममा दिउसको समय हावा चल्ने भएकाले हावाबाट टर्वाइन घुमाएर विद्युत् निकाल्न सहज भएको छ । उक्त विद्युत्लाई नमूनाको रुपमा लिएर अन्य ठूला योजना सञ्चालन गर्न सके मुस्ताङमा हावाबाट विद्युत् निकाल्ने काम सफल हुनसक्ने स्थानीयवासीको भनाइ छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result