Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मकैका जात सूचीबाट हटाइए

कार्तिक १६, २०७५ ११:३५ मा प्रकाशित
मकैका जात सूचीबाट हटाइए
Share on FacebookShare on Twitter

चितवन, १६ कात्तिक / राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले सिफारिस गरेकामध्ये सात मकैका जात सूचीबाट हटाएको छ । उपयुक्त नयाँ जातको विकाससँगै पुराना सिफारिस भएका हेटौँडा कम्पोजिट, सर्लाही सेतो, जानकी मकै, ककनी पहेँलो, रामपुर– १, मकालु २ र रामपुर पहेँलोलाई सूचीबाट हटाइएको हो ।

अनुसन्धान कार्यक्रमका प्रमुख डा केशबबाबु कोइरालाका अनुसार हालसम्म ३७ मकैका जात सिफारिस भएका छन् । विसं २०२९ मा सो कार्यालयको स्थापना भएको हो । पुराना जातको मकै लगाउँदा उत्पादन कम तथा रोग लाग्न थालेपछि तिनलाई सूचीबाट हटाइएको हो । रामपुरमा विकास गरिएकामध्ये हाल ३० मकैका जात मात्र प्रयोगमा ल्याइएको छ ।

प्रयोगमा ल्याइएकामध्ये सात वर्णशङ्कर जात छन् भने अन्य खुल्ला सेचित छन् । वर्णशङ्कर रामपुर दुई, रामपुर चार, रामपुर ६, रामपुर आठ, रामपुर १० र खुमल दुई छन् । अन्य खुल्ला सेचित जात हुन । वर्णशङ्करको हरेक वर्ष नयाँ बीउ प्रयोग गर्नुपर्छ भने सेचितको दुई–तीन वर्ष एउटै बीउ प्रयोग गर्न मिल्छ । “यस वर्ष दुई जातको सिफारिस गर्ने तयारीमा छौँ,” कोइरालाले भन्नुभयो । सिफारिस गर्न लागिएकोमा एउटा वर्णशङ्कर जात तथा अर्को खुल्ला सेचित रहेको छ ।

एउटा जातको विकास गर्न आठदेखि १० वर्ष लाग्छ । सो कार्यालयका वरिष्ठ वैज्ञानिक चित्रबहादुर कुँवरकाअनुसार विकास गरिएका जातमध्ये तराई भित्री मधेश, खोँच, टार र बेँसीमा लगाउनका लागि धेरै जातको नाम रामपुर राखिएको छ । मध्यपहाडी भेगमा मनकामना र उच्च पहाडी क्षेत्रका लागि गणेश जातको विकास गरिएको छ । तिनै नामको पछाडि अङ्क राखेर मकैको जातको नामाकरण गरिएको छ । जोर अङ्क पहेँलो तथा बिजोर अङ्क सेतो मकैको जात हो ।

चाँडै पाक्ने जातका रुपमा अरुण जातको विकास गरिएको छ । सन् २०१७ मा पोषण बढी पाइने पोसिलो दुई जातको विकास गरिएको छ । कुँवरकाअनुसार तराई र भित्री मधेशमा रामपुर कम्पोजित बढी लगाइन्छ । रामपुर कम्पोजिट जातको मकै प्रति हेक्टर सात टनसम्म उत्पादन भएको उहाँको भनाइ छ । मध्य पहाडमा मनकामना तीन, देउती, पोषिलो मकै एक र शीतला बढी प्रयोगमा छ । तिनको उत्पादन प्रति हेक्टर ६ दशमलव ८ टन रहेको छ । उच्च पहाडी भेगमा गणेश १ र गणेश दुई जातको मकै लगाउने गरिएको छ ।

तराई र मध्य पहाडका लागि अरुण दुई जातको मकैको विकास गरिएको छ । नेपालमा नौ लाख हेक्टरमा मकै लगाइन्छ । मकै उत्पादन प्रति हेक्टर दुई दशमलव ५३ टन छ । किसानले उन्नत जातको मकै मेहनतका साथ लगाउन सकेमा हालको उत्पादन दोब्बर बढाउन सकिने कोइराला बताउनुहुन्छ । उहाँले भन्नुभयो, “उपयुक्त मकैको जात हामी दिन्छाँै, व्यवस्थापनको दायित्व किसानले लिनु प-यो ।” रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result