Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप

कार्तिक १९, २०७५ १०:५० मा प्रकाशित
स्वरेकवासीको आशा जगाउँदै प्याराग्लाइडिङ विश्वकप
Share on FacebookShare on Twitter

स्वरेक स्याङजा, १९ कात्तिक / गण्डकी प्रदेशस्थित स्याङ्जा जिल्लाको पर्यटकीयस्थल स्वरेकमा प्याराग्लाइडिङको विश्वकप सञ्चालनले यहाँका स्थानीयवासीमा आशा जगाएको छ ।

वरपरका रमणीय हिमाली एवं पहाडी दृश्यको एकसाथ अवलोकन गर्न सकिने थुम्कै थुम्कायुक्त स्वरेकले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउने गरेको छ । प्याराग्लाइडिङको विश्वकप सञ्चालन हुँदै गर्दा यतिखेर विभिन्न २१ देशका खेलाडी, प्रशिक्षक एवं निर्णयक टोली स्वरेकमा पुगेका छन् । नेपालमा नै पहिलो पटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यहाँका स्थानीयवासीमा ठूलो आशा जगाएको नमूना स्वरेक सहयोगी समाज स्याङ्जाका अध्यक्ष घनश्याम पाण्डेले बताउनुभयो ।

“स्वरेक आफैंमा धेरै सम्भावना बोकेको ठाउँ हो,” उहाँले भन्नुभयो, “नेपालमा पहिलोपटक भएको विश्वकप प्रतियोगिता अन्तर्गतको प्याराग्लाइडिङले यतिखेर यस ठाउँले अन्तर्राष्ट्रिय रुपमा चासो पाएको छ ।” विश्वकप सञ्चालनसँगै आगामी दिनमा यहाँको विकासमा राज्यको ध्यान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

स्वरेकमा प्याराग्लाइडिङको पढाइ हुने बाबु एडभेन्चर स्कुल सञ्चालनमा आइसकेको छ । समुद्री सतहबाट एक हजार ६०० मिटर उचाइको पर्यटकलाई लोभ्याउने झण्डै १० वटा रमणीय थुम्कायुक्त स्वरेक सिद्धार्थ राजमार्गको बयरघारीबाट सुन्दरबजार, स्वरेक भञ्ज्याङ, पाण्डे गाउँ, गुरुङसेनी डाँडा, गौंडा हुँदै लगभग नौ किलोमिटर दुरी पार गर्दै पुग्न सकिन्छ ।

यहाँबाट माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण लगायतका हिमशृङ्खला एक साथ अवलोकन गर्नका लागि पनि पर्यटक लोभिने गरेको स्वरेक कालिका टोल विकास संस्थाका सचिव शोभाकान्त पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार रातको समयमा यहाँबाट पाल्पा बजार, स्याङ्जाकै सिरुवारी लगायतका स्थानको अवलोकन गर्न सकिन्छ । सुन्तलासहित मकै कोदो, भटमास, पिँडालु जस्ता कृषिजन्य उत्पादन यस क्षेत्रमा राम्रो हुने गरेको छ । बढ्दै गएको पर्यटकीय आकर्षणले यहाँका उत्पादन यही क्षेत्रमा खपत हुने आशा जगाएको छ ।

“प्याराग्लाइडिङको विश्वकप सञ्चालनसँगै स्वरेक स्याङजाको मात्र नभै अन्तर्राष्ट्रियस्तरकै गन्तव्यमा सूचीकृत बनिसकेको छ,” टोल विकास संस्थाका सचिव पाण्डेले भन्नुभयो, “आगामी दिनमा हुने पर्यटकको आगमनलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा आवश्यक पूर्वाधार विकासका साथै घरवास कार्यक्रमलगायतमा सहयोग गर्नु आवश्यक छ ।”

नेपालका बाइसे चौबिसे राजाको पालादेखि नै अस्तित्वमा आएको विश्वास लिइने यहाँस्थित स्याङजा भैरवकालिका मन्दिर, भगवान रामचन्द्र आएर बसेको विश्वास गरिने राजेन्द्र भवानी मन्दिरजस्ता स्थल धार्मिक पर्यटकीय आकर्षण हुन् । स्वरेकको पर्यटकीय आकर्षणलाई लक्षित गरी यहाँको पूर्वाधार विकास गर्न नेपाल पर्यटन बोर्ड पोखरा कार्याालयले आर्थिक वर्ष २०७३÷७४ मा र २०७४÷७५ मा सात÷सात लाख रुपैयाँ लगानी गरिसकेको कार्यक्रम अधिकृत प्रदीपराज गैरेले जानकारी दिनुभयो । “स्वरेकमा प्याराग्लाइडिङको विश्वकप हुनुले यस ठाउँलाई खेल पर्यटनको पनि विशिष्ट गन्तव्यको पहिचान गराएको छ ,” उहाँले भन्नुभयो ।

रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result