लण्डन । बेलायतको राजधानी लण्डन र अमेरिकाको न्यूयोर्क शहरमा ख्याती कमाएका नेपालका युवा दीपेन्द्र गुरु विश्व सुन्दरी प्रतियोगिता गर्ने टीम मिस वल्र्ड लिमिटेडको नयाँ मालिक बनेका छन् । अन्तराष्ट्रिय जगतमा यस्तो सफलता पाउने गुरुग पहिलो नेपाली युवा हुन् । यसको औपचारिक घोषणा भने सो प्रतियोगिताको ७१ औ संस्करणमा गरिने भएको छ ।
मिस वल्र्डको आगामी संस्करणको वारेमा छलफल गर्न गुरुग विश्व सुन्दरी क्यारोलिनासंग सोमवार सिंगापुर पुगेका छन् । उनले त्यहाँको युवा तथा सस्कृति मन्त्रीसंग सन् २०२३ को विश्व सुन्दरी प्रतियोगिता सिंगापुरमा गर्ने सम्वन्धमा छलफल गरेका छन् । युवा तथा सस्कृति मन्त्रीले विश्व सुन्दरी प्रतिया्गिताको होस्ट गर्न सिंगापुर आतुर रहेको भन्दै प्रतिया्गिताको नयाँ मालिक गुरुगलाई बधाइ दिएका थिए ।
आगामी विश्व सुन्दरी प्रतियोगिता सिंगापुर, पेरिस, लस एन्जलस, मुम्वई र दुवईवाट गरिने र संसारमा दुई अर्व भन्दा बढी मानिसहरुले प्रतिया्गिता हेर्ने बताइएको छ ।
लण्डन र न्यूर्योकमा ब्यापारिक सामाज्य खडा गरेका को लण्डनमा आफ्नै पारिवारिक लगानीमा प्राइभेट सिनेमा र अन्य क्षेत्रमा लगानी रहेको छ । केही समय अघि लण्डनमा भएको एक कार्यक्रममा विश्व सिन्दरी क्यारोलिनाले नेपालका दीपेन्द्र गुरुग र उनको स्वामित्वमा रहेको हिमालयन जेटसंग मिलेर वातावरण संरक्षणमा काम गर्ने बताएकी थिइन् । उनले हिमालायन जेटका दीपेन्द्र प्रति आभार प्रकट गर्दै नेपाल घुम्ने आफ्नो चाहना भएको बताइकी थिइन । नेपालको पोखरामा जन्मिएका गुरुगं राजनीतिज्ञ एवं समाजसेवी चन्द्रमान गुरुंगका कान्छा छोरा हुन् । दीपेन्द्रका दाजु रविन्द्र गुरुग लण्डनमा एमडी एमआरसिएस गरेका सर्जन हुन ।
प्रतिक्रिया लेख्नुहोस्:-