काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धनले कानूनविपरीत जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले आफ्नो मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बुधबार झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन् ।
उनले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हाम्रा साथीहरुले निर्वाचन र बुथ प्रतिनिधि के(के खटाउनुपर्छ चनाखो भएर खटाउनुस् हिम्मतिलो तरिकाले । यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्नसक्छ । गैर कानूनी र लोकतन्त्र विरोधी कसैलाई पनि गर्न नदिने पहरेदारी पनि एमालेले गर्नुपर्छ । साथीहरु तयार रहनुस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीको लागि लाग्नुस् ।’







प्रतिक्रिया लेख्नुहोस्:-