काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले यस्तो आदेश गरेको हो।
उनीविरुद्ध गत २०७९ कात्तिक १४ गते जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको मुद्दा दायर भएको थियो।
१८ वर्षभन्दा कम उमेरकी ९किशोरी०माथि करणी गरेको कसुरमा सन्दीपलाई १२ वर्ष कैद सजायको मागदाबी गरिएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-