स्यानफ्रान्सिस्को । क्यालिफोर्निया
नोभेम्वर ११
दुरवीन संवाददाता
नेपाली युवा बैज्ञानिक डा शम्भु घिमिरले अप्टिकल सोसाइटी अफ अमेरिकाले प्रदान गर्ने संसारभर प्रतिष्ठित रहेको ‘अप्टिका फेलो’ प्राप्त गरेका छन् । संसारका १ सय २९ राष्ट्र सदस्य रहेको सो अप्टिकामा २५ हजार भन्दा बढी बैज्ञानिकहरु सदस्य रहेका छन् । अप्टिका फेलो प्राप्त गर्ने घिमिरे संभवत पहिलो नेपाली हुन् । आगामी महिना अमेरिकामा हुने अप्टिका सम्मेलनमा सो फेलो प्रदान गरिनेछ ।
क्यान्सस स्टेट युनिभर्सिटीवाट विद्यावारधी गरेका घिमिरेले १५ बर्ष अघि गरेको अनुसन्धानले निकालेको निस्कर्षको परिणामका कारण उनलाई यस बर्षको अप्टिका फेलोसिप प्रदान गरिएको अप्टिकाले उल्लेख गरेको छ । घिमिरेले १५ बर्ष अघि लेजरलाई क्रिष्टलमा फोकस गर्दा निस्केका २५ वटा फरक परक रंगहरुको किरणहरुको बारेमा अनुसन्धान गरेका थिए । त्यसअघि ठोस बस्तुमा लेजरको प्रयोगवाट निस्केका रंगका किरणहरुको वारेमा अनुसन्धान गरिएको थिएन ।
घिमिरे हाल स्टानफोर्ड विश्वविद्यालयमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत छन् । उनको निरीक्षणमा स्ल्याक नेशनल एक्सिलेटर लेबरोटरीमा कयौं अनुसन्धानहरु भइरहेका छन् ।
नेपालको चितवन भरतपुरमा जन्मिएका घिमिरेले संसारको प्रसिद्ध अप्टिका फेलो प्राप्त गर्नुलाई आफ्नो अनुसन्धानको एक कोशेढुंगाको रुपमा लिएको बताए । ‘म यसबाट निकै खुशी भएको छु, दुरवीन नेपालसंगको कुराकानीमा उनले भने,-यसवाट अनुसान्धानको दायरा फराकिले बनाउन र स्टानफोर्डमा रहेका हाम्रा नेपाली विद्यार्थी साथीहरुलाई प्रोत्साहन गर्न सहयोग मिलेको छ ‘।
घिमिरेले यस बर्षको भौतिकशास्त्रमा नोबेल पुसस्कार विजेता पियर एगोस्टोनीसंग द ओहायो स्टेट युनिभर्सिटीमा सहकर्मी भएर अनुसन्धान गरेका थिए र उनले भने पियससंग अनुसन्धानपत्र समेत प्रकाशन गरेका छन् ।
‘युनिभर्सिटी अफ मिचिगनमा काम गर्दा हामीसंग अनुसन्धानको लागि मिल्ने खालको लेजर थिएन यसकारण म ओहायो युनिभर्सिटी गएको थिए, त्यहा मेरो पियर एगोस्टोनींग भेट भएको थियो’, पुरानो दिन सम्झदै घिमिरेले भने,-‘१५ बर्ष पछि उहाँले नोबेल पुरस्कार पाउनुभयो, हामी धेरै खुशी भयौ’ ।
प्रतिक्रिया लेख्नुहोस्:-