Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’

फेलो प्राप्त गर्ने घिमिरे पहिलो नेपाली !

कार्तिक २६, २०८० १२:०० मा प्रकाशित
नेपाली युवा बैज्ञानिक घिमिरे बने प्रतिष्ठित ‘अप्टिका फेलो’
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया

नोभेम्वर ११
दुरवीन संवाददाता

नेपाली युवा बैज्ञानिक डा शम्भु घिमिरले अप्टिकल सोसाइटी अफ अमेरिकाले प्रदान गर्ने संसारभर प्रतिष्ठित रहेको ‘अप्टिका फेलो’ प्राप्त गरेका छन् । संसारका १ सय २९ राष्ट्र सदस्य रहेको सो अप्टिकामा २५ हजार भन्दा बढी बैज्ञानिकहरु सदस्य रहेका छन् । अप्टिका फेलो प्राप्त गर्ने घिमिरे संभवत पहिलो नेपाली हुन् । आगामी महिना अमेरिकामा हुने अप्टिका सम्मेलनमा सो फेलो प्रदान गरिनेछ ।

क्यान्सस स्टेट युनिभर्सिटीवाट विद्यावारधी गरेका घिमिरेले १५ बर्ष अघि गरेको अनुसन्धानले निकालेको निस्कर्षको परिणामका कारण उनलाई यस बर्षको अप्टिका फेलोसिप प्रदान गरिएको अप्टिकाले उल्लेख गरेको छ । घिमिरेले १५ बर्ष अघि लेजरलाई क्रिष्टलमा  फोकस  गर्दा निस्केका २५ वटा फरक परक रंगहरुको किरणहरुको बारेमा अनुसन्धान गरेका थिए । त्यसअघि ठोस बस्तुमा लेजरको प्रयोगवाट निस्केका रंगका किरणहरुको वारेमा अनुसन्धान गरिएको थिएन ।
घिमिरे हाल स्टानफोर्ड विश्वविद्यालयमा बरिष्ठ बैज्ञानिकको रुपमा कार्यरत छन् । उनको निरीक्षणमा स्ल्याक नेशनल एक्सिलेटर लेबरोटरीमा कयौं अनुसन्धानहरु भइरहेका छन् ।

Elected Fellows

नेपालको चितवन भरतपुरमा जन्मिएका घिमिरेले संसारको प्रसिद्ध अप्टिका फेलो प्राप्त गर्नुलाई आफ्नो अनुसन्धानको एक कोशेढुंगाको रुपमा लिएको बताए । ‘म यसबाट निकै खुशी भएको छु, दुरवीन नेपालसंगको कुराकानीमा उनले भने,-यसवाट अनुसान्धानको दायरा फराकिले बनाउन र स्टानफोर्डमा रहेका हाम्रा नेपाली विद्यार्थी साथीहरुलाई प्रोत्साहन गर्न सहयोग मिलेको छ ‘।
घिमिरेले यस बर्षको भौतिकशास्त्रमा नोबेल पुसस्कार विजेता पियर एगोस्टोनीसंग द ओहायो स्टेट युनिभर्सिटीमा सहकर्मी भएर अनुसन्धान गरेका थिए र उनले भने पियससंग अनुसन्धानपत्र समेत प्रकाशन गरेका छन् ।

‘युनिभर्सिटी अफ मिचिगनमा काम गर्दा हामीसंग अनुसन्धानको लागि मिल्ने खालको लेजर थिएन यसकारण म ओहायो युनिभर्सिटी गएको थिए, त्यहा मेरो पियर एगोस्टोनींग भेट भएको थियो’, पुरानो दिन सम्झदै घिमिरेले भने,-‘१५ बर्ष पछि उहाँले नोबेल पुरस्कार पाउनुभयो, हामी धेरै खुशी भयौ’ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result