Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म

कार्तिक २९, २०७५ १०:३९ मा प्रकाशित
पर्यटकीय गाउँ भुजुङको चिया विदेशसम्म
Share on FacebookShare on Twitter

लमजुङ, २९ कात्तिक / लमजुङको पर्यटकीय गाउँ भुजुङमा उत्पादित चिया विदेशमा माग हुने गरेको छ । यहाँको चिया राम्रो र स्वादिलो भएकाले विदेशबाट माग आउन थालेको हो ।
डेढ दशकअघि १० रोपनी जग्गामा सामूहिक चियाखेती शुरु गरिएको भुजुङमा अहिले गाउँ वरपर व्यक्तिगत र व्यावसायिकरुपमा चियाखेती हुन थोलेको छ । उन्युको झाडीमा समेत भुजुङका बासिन्दाले चियाखेती गरेका छन् । चियाखेती भुजुङ आउने पर्यटकको लागि आकर्षणको केन्द्र बनेको छ । शुरुमा परीक्षणका लागि रोपिएका चिया अहिले विदेशबाट समेत माग हुन थालेपछि स्थानीय मख्ख परेका छन् ।

भुजुङगाउँ हाल क्व्होलासोंथर गाउँपालिका–४ मा पर्छ । साविकको भुजुङ गाउँका प्रत्यक वडाका स्थानीयले सामूहिकरूपमा चियाखेती गरेका हुन् । पहिले एक गाउँ एक गाविसका रूपमा चिनिएको भुजुङ गाउँमा घरबाससँगै चियाखेती पनि विस्तार भएपछि पर्यटक थप आकर्षित भएका छन् । गाउँ आउने पर्यटकले चिया लाने गरेको र विदेश पुगेर पनि पर्यटकले गाउँको चिया पठाउन अनुरोध गरेको घरबास सञ्चालक जुनी गुरुङले बताउनुभयो । “भुजुङको चिया अहिले अमेरिका, बेलायत, हङकङ, बु्रनाइसम्म पुगेको छ । उहाँले भन्नुभयो, विदेशका आफन्तलाई कोशेलीका रुपमा भुजुङको चिया पठाउने गरिएको छ ।”

डेढ दशकमा १० रोपनीबाट फैलिएरको चियाखेती यतिबेला २५० रोपनीमा फैलिएको छ । वडा सदस्य पित्रमान गुरुङका अनुसार ११ रोपनी क्षेत्रफल जग्गामा आठ हजार बिरुवा यसै वर्ष रोपिएको हो । वर्षैपिच्छे बढाउँदै लैजाने योजना रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार चियाखेतीमा सिङ्गो भुजुङ गाउँका करीब ४०० घरपरिवार लागेका छन् । सामुदायिक रूपमा चियाखेती गरिँदै आएकामा विस्तारै व्यक्तिगत रूपमा पनि १५ रोपनीभन्दा बढी क्षेत्रफल जग्गामा चियाखेती गरिएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय भुजुङको सहयोगमा गाउँलेले चियाखेती थालेका हुन् । एक्यापको सहयोगमा चियाका बिरुवा निःशुल्क उपलब्ध गराएको छ । हरेक वर्षको चियाखेतीमा एक्यापले सहयोग गर्दै आएको एक्याप भुजुङका कार्यालय प्रमुख राजेशप्रसाद गुप्ताले बताउनुभयो । शुरुमा तीन वर्षको परीक्षण सफल भएपछि भुजुङवासीले २०५९ देखि थप चियाखेती विस्तार गरेका थिए । गुप्ताका अनुसार भुजुङमा तक्दा ७८ र गुम्दा नामक चियाखेती गरिँदै आएको छ ।

समुद्री सतहदेखि एक हजार ६०० देखि एक हजार ७०० मिटरको उचाइको ठाउँमा गरिएको चिया पुस र माघबाहेक १५÷१५ दिनको फरकमा टिप्ने गरिएको स्थानीयवासी बताउँछन् । अहिले गाउँमै प्रशोधन केन्द्र सञ्चालन गरिएकाले गाउँमै चियाको प्रशोधन हुने गरेको छ । भुजुङमा पछिल्लो समय चिया बगान हेर्न महिला समूह र विद्यार्थी आउने गरेका छन् ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result