Thursday, February 12, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने

संकलित रकम जाजरकोटका भुकम्प पीडित बालबालिकालाई !

कार्तिक २९, २०८० १२:१५ मा प्रकाशित
नेपाली भाषा कक्षाले शनिवार ‘देउसीभैलो ‘कार्यक्रम गर्ने
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को । क्यालिफोर्निया

नोभेम्वर १४

नेपाली भाषा कक्षा बे एरियाले आगामी शनिवार नोभेम्वर १८ मा देउसी भैलो एवं तिहार कार्यक्रमको आयोजना  गर्ने भएको छ । हरेक बर्ष दशै एवं तिहारको अवसरमा बालकालिकाको सहभागितामा दशैतिहार विशेष कार्यक्रम गर्दै आएको नेपाली भाषा कक्षाले यसपटकको देउसी भैलो कार्यक्रमवाट उठेको रकम जाजरकोटका भूकप्प पीडित बालकालिकाको लागि सहयोग गर्ने बताएको छ । कार्यक्रम १५७५ हल्ट एभेन्यू लस एल्टोसमा अपरान्ह ४ बजेवाट शुरु हुने आयोजकले बताएका छन् ।
भाषा कक्षाका प्रिन्सिपल डा. पुरुषोत्तम सिग्देलले यस बर्षको देउसी भैलो कार्यक्रम विगतका बर्षहरुमा भन्दा बढी रोचक र भब्य हुने बताए । ‘यस पटक हामीले पुरा दर्शक भएर हाम्रा नानीबाबुहरुको गायन, नृत्य र अभिनय हेर्नेछौ’, सिग्देलले भने- ‘यसपटक बालबालिकाहरु आफैले संगीत एवं बाद्यवादन कार्यक्रम पनि गर्नेछन्’ ।
प्रिन्सिपल सिग्देलले नेपाली भाषा कक्षाले नेपाली लेख्न वा पढ्न सिकाउनुको अलावा नेपाको कला संस्कृति र मौलिकतालाई पनि संगसंगै सिकाउदै त्यसको कार्यान्वयन गरिरहेको बताए । ‘हाम्रो एकमात्र उदेश्य भनेको नेपाली वालवालिकालाई आफ्नो भाषा, संस्कृति, कला र रीतिरिवाजहरु सिकाउने र त्यसमा गर्व गर्न प्रेरित गर्ने हो’ उनले भने ।
भाषा कक्षाकी सचिव करुणा सेढाईले यस बर्षको तिहारको कार्यक्रममा देउसी भैलो, नेपाली एवै अमेरिकी राष्ट्रिय गानको अलावा नाटक र नेपाली गीतमा नृत्य पनि हुने बताइन् । उनका अनुसार कार्यक्रममा देउसी भैलोको अलावा नेपाली राष्ट्रिय गान, अमेरीकी राष्ट्रिय गान, तिहारै आयो लौ झिलीमिली, नेवारी गीत, सयथरी बाजा, छेक्यो छेक्यो देउराली डाडा लगायतका विविध गीत एवं नृत्यहरुको प्रस्तुती रहनेछ ।

भाषा कक्षाकी बोर्ड मेम्मर सुरभी कर्माचार्यले देउसी भैलो कार्यक्रमको मुख्य उदेश्य नेपाली बालबालिकालाई आफ्नो परम्परा र संस्कृति सिकाउनु र संस्कृतिलाई जोगाउनु भएको बताइन ।’हामी त्यसैको तयारी गर्दैछौ’, उनले भनिन, ‘वाललिकाहरुले कार्यक्रममा धेरै नै उत्सुकता देखाएका छन् ‘।
अर्का बोर्ड मेम्वर कृष्ण हाडा नेपालीहरुले जहाँ बसेपनि आफ्ना बालबालिकालाई संस्कृति र संस्कार सिकाउनु पर्ने बताउदै भन्छन्- ‘नेपाली भाषा कक्षा मार्फत सिकाउन खोजेका पनि यही नै हो ‘। उनले बालबालिकाको हित र विकास मात्रै भाषा कक्षाको उदेश्य भएको बताए ।
यसैगरि नेपाली भाषा कक्षा बे एरियाको आयोजनामा गत अक्टोवर २९ तारेखमा बडादशैंको शुभकामना आदानप्रदान एवं सामुहिक टीका कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । सय भन्दा बढी बालबालिकाहरुले कार्यक्रममा उपस्थित भएर शिक्षक शिक्षका एवं अभिभवकवाट टीका जमरा एवं आर्शिवाद लिएका थिए । सो कार्यक्रममा बालकालिकाहरुले आफूलाई दशैं मनपर्ने र ‘दक्षिणा पाउदा धेरै नै खुशी लाग्ने’ बताएर सबैलाई हसाएका थिए ।

 

 (दशैंको सामुहिक टीकाजमरा कार्यक्रम )
कार्यक्रममा चंगा उडाएर बालकालिकाहरुले मनोरन्जन लिएका थिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result