काठमाडौं । । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय समितिको बैठक आगामी मंसिर ६ र ७ बस्ने भएको छ । महासचिव रमेश यादवका अनुसार बैठकको एजेण्डा पार्टी एकताका लागि माओवादी केन्द्रले पठाएको पत्र, एकीकरणका लागि समायोजन समिति बनाउने विषय रहेको बताए ।
यस्तै बैठकले आगामी वैशाखमा महाधिवेशन गर्ने वा नगर्नेबारे निर्णय गर्ने उनले बताए । यसअघि असोजको तेस्रो साता बसेको कार्यकारिणी बैठकले माओवादीले पठाएको पत्रलाई अस्वीकार गर्दै यसअघि एकताका लागि पठाएको ९ बुँदे आधार पत्रको जवाफ नआएसम्म वार्ता नगर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-