Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गिट्टी कुटेरै परिवार धानेका महिला

मंसिर २, २०७५ १:३५ मा प्रकाशित
गिट्टी कुटेरै परिवार धानेका महिला
Share on FacebookShare on Twitter

मुसिकोट, २ मङ्सिर / रुकुम (पश्चिम)को त्रिवेणी गाउँपालिका–३ डाँराकमदकी बिना वादी उमेरले ३६ वर्षको हुनुभयो । उहाँको साथमा दुई छोरा र दुई छोरी छन् । ८ वर्षअघि बिनाका पति गङ्गाराम वादीले दोस्रो बिहे गरे । त्यसयता परिवार लालनपालनको सबै जिम्मेवारी बिनाको काँधमा आयो । बिहेपछि भारत पसेका गङ्गाराम अहिलेसम्म घर फर्केका छैनन् ।

तर पतिले छाडेर गएदेखि विगत सात वर्षदेखि बिनाको दैनिकी गिट्टी कुटेरै चलिरहेको छ । यहाँको सिम्रुतु बजारदेखि एक किलोमिटर उत्तरतर्फ पर्ने थारेखोलाको चिसोको बेवास्ता गर्दै हरेक दिन बिनाले सडक छेउमै गिट्टी कुट्दै आउनुभएको छ । घरको आर्थिक अवस्था कमजोर भएको र पतिले अर्को बिहे गरेकै कारण चार सन्तान र आफ्नो जीवन गुजाराका लागि गिट्टी कुट्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

“छोराछोरी कसरी पाल्ने ? श्रीमान्ले एक पैसा पठाउँदैनन्, गिट्टी कुुटेरै सामान्य घरखर्च चलेको छ । कुनैदिन त भोकै बस्छौँ,” बिनाले भन्नुभयो । सात वर्षदेखि गिट्टी कुट्न शुरु गर्नुभएकी बिनाका छोराछोरीले पनि हाल उहाँसंगै गिट्टी कुट्ने गर्दछन् । आर्थिक अवस्था नाजुक भएकै कारण चार सन्तानलाई विद्यालयमा पढाउन नसकेको उहाँले बताउनुभयो ।

परिवार पाल्नकै लागि गाउँमा गिट्टीबाहेक अन्य कुनै विकल्प नभएकाले लामो समयदेखि नै गिट्टी कुटेर सामान्य घर व्यवहार चलेको बिनाले बताउनुभयो । तर आफूले दुःख गरेर दिनभर कुटेको गिट्टीले गाउँमा उचित मूल्य नपाउँदा उहाँलाई आफ्नो परिश्रम खेर गएजस्तै लागेको छ ।

स्थानीय बजार तथा गाउँमा पक्की घर निर्माण गर्ने व्यक्तिले सस्तो मूल्यमा गिट्टी खरीद गर्न खोज्दा आफूहरु मारमा परेको बिनाको दुखेसो छ । दिनमा पाँच बोरा जति मात्र गिट्टी कुट्ने बिनालाई आफ्नो उमेर समेत ढल्कँदै गएकोले अबका दिनमा परिवारको जोहो कसरी गर्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । पति साथमा नहुँदा गिट्टी कुटेरै भए पनि आठ वर्ष जेनतेनका साथ हिम्मत गरेर छोराछोरी पाल्नुभएकी बिनालाई अब बाँकी दिनको मात्र चिन्ता लाग्ने गरेको छ ।

बिनाका सबै सन्तान उमेरले ठूला भइसकेका छन् । पहिलो छोरा केसी वादी २० वर्षका भए भने सबैभन्दा कान्छी छोरी प्रमिला वादी १३ वर्षकी भइन् । तर बिनाले सबै छोराछोरीलाई गिट्टी कुटेरै भए पनि हालसम्म जेनतेन खुशी दिलाउनुभएको छ ।

त्यस्तै डाँराकमदकै ४० वर्षीय मनकली परियारले पनि दुई वर्षदेखि गिट्टी कुट्दै आउनुभएको छ । बिहानदेखि साँझसम्म हातमा फोका उठ्ने गरी गिट्टी कुट्दासमेत यसबाट सोचेजस्तो आम्दानी हुन नसकेको उहाँको भनाइ छ । घरको आर्थिक अवस्था न्यून भएको र परिवारको घरखर्च टार्नका लागि चिसो ठाउँमा बसेर दिनभर गिट्टी कुट्नु परेको उहाँ बताउनुहुन्छ । पाँच सन्तानकी आमा मनकलीको जेठो छोरा बिहे गरेर अलग भइसकेका छन् । मनकलीका पति घरको रेखदेख गर्नुहुन्छ । तर कान्छो छोरा शारीरिक रूपमा कमजोर भएकोले उहाँलाई थप पीडाले पिरोल्ने गरेको छ ।

तीन छोरीसँगै कान्छो छोराको लालनपालनको सम्पूर्ण जिम्मेवारी परियारको हातमा निर्भर छ । मनकलीका अनुसार गिट्टी कुटेर आएको पैसाले सामान्य घरखर्च मात्र पूरा हुने गरेको छ । “गाउँमा गिट्टीको मूल्य प्रतिबोरा रु ७० छ, जेनतेन दिनमा ३५० जति कमाइ हुन्छ,” उहाँले भन्नुभयो । परियारका अनुसार घरमा आयआर्जन गर्ने अन्य कुनै स्रोत नहुँदा गिट्टी नै परिवारको मुख्य पेशा भएको छ । आफूहरुले कुटेको सबै गिट्टी गाउँमै बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

त्यस्तै डाँराकमदकी ३० वर्षीया रीता राना ओलीले पनि घरखर्च टार्ने भन्दै यस वर्षदेखि थारेखोला किनारमा गिट्टी कुट्न शुरु गर्नुभएको छ । घरको उत्पादनले वर्षभरि खान नपुग्ने भएकोेले घरव्यवहार चलाउने भन्दै गिट्टी कुट्ने काममा लागेको उहाँको भनाइ छ । श्रीमान्ले गाउँमा ज्याला मजदुरी गर्दै आएको, तर परिवार पाल्न अप्ठेरो भएकोले यो वर्षबाट आफूले पनि गिट्टी कुट्न थालेको ओलीले बताउनुभयो ।

उहाँले गाउँमा गिट्टीको मूल्य एकदम कम भएको गुनासो सुनाउनुभयो । यसका लागि आफूहरुको परिश्रम खेर नजाने गरी अब कुनै पनि निकायले गिट्टीको मूल्य निर्धारण गरिदिनुपर्ने कुरा सुनाउनुभयो ।

जिल्लाको त्रिवेणी गाउँपालिकाको सिम्रुतु बजारदेखि खारासम्म जाने ग्रामीण सडकखण्डमा यहाँका धेरैजसो दलित समुदायका महिलाले लामो समयदेखि गिट्टी कुट्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका दलित तथा केही गैरदलित परिवारका महिलाले गिट्टी कुटेरै परिवारको लालनपालनदेखि घरखर्च टार्दै आएको बताउने गरेका छन् ।

पछिल्लो समय गाउँमा समेत सडक सञ्जाल विस्तार हुनथालेपछि गाउँका न्यून आय भएका परिवारका महिला गिट्टी कुट्ने पेशामा आबद्ध भएका हुन् । राप्ती लोकमार्गले छोएको यस गाउँपालिकाको अधिकांश खोला किनार तथा विभिन्न ठाउँमा यहाँका महिलाले गिट्टी कुटेर नै जीविकोपार्जन गर्दैआएका छन् । यसक्षेत्रका महिलाले कुटेको गिट्टी स्थानीय बजार झुल्नेटा, सिम्रुतु, जिबाङ, खारा तथा खुम्चेरीलगायत ठाउँमा बिक्री हुने गरेको छ ।

गिट्टीको मूल्य प्रति ट्र्याक्टर ५ हजार तथा प्रति बोरा ७० रुपैयाँको दरले बिक्री हुने गरेको स्थानीय बताउँछन् । यता गाउँपालिकाले भने गिट्टी र बालुवा उत्खनन् तथा बिक्रीका लागि अहिलेसम्म कुनै पनि मापदण्ड बनाइ नसकेको जानकारी दिएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result