काठमाडौं । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै मुलुकमा अराजकता फैल्याउन लागिपरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभा सदस्यसमेत रहेको नेता कोइरालाले शनिबार विराटनगरका पत्रकार शंकर खरेलले लेखेको लघुकथा ´ॐ तृप्यन्ताम` पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा यस्तो आरोप लगाएका हुन् ।
´मुलुकको अर्थतन्त्र धरासायी बन्दै गएको छ तर प्रधानमन्त्रीले आफैं सडक आन्दोलनमा उत्रने अभिव्यक्ति दिएर उद्योगी व्यवसायीलाई आतंकित बनाइरहेका छन्,`कोइरालाले भने, `मुलुकभरि रहेका ६ लाख ५० हजार सटरमध्ये ३५ प्रतिशत खाली भएर उद्योगी व्यवसायी पलायन भइसकेको अवस्थामा आन्दोलनको त्रास देखाएर उद्योगी व्यवसायीलाई झन् आतंकित बनाइराखेका छन् ।`
उनले मुलुकमा भ्रष्टाचार, दण्डहिनता नियन्त्रण र सुशासन कायम गर्नबाट राज्य चुकेका कारण आमसर्वसाधारण निरास बनेको बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-