Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल

मंसिर ३, २०७५ ३:०१ मा प्रकाशित
इञ्जिनियरिङ कलेजको समस्या समाधन गर्न कार्यदल
Share on FacebookShare on Twitter

काठमाडौँ, ३ मङ्सिर / शिक्षा तथा स्वास्थ्य समितिले भक्तपुरको चाँगुनारायणस्थित नेपाल इञ्जिनियरिङ कलेजमा देखिएको समस्या समाधान गर्न समितिका सभापति जयपुरी घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा आज समितिले कलेजका दुई पक्षलाई बोलाएर गरेको छलफलमा समस्या समाधानका लागि थप अध्ययन गर्नुपर्ने भएकाले घर्तीको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको समितिका सदस्य मनकुमारी केसीले जानकारी दिनुभयो । ‘‘कलेज निजी वा सामाजिक के हो भनेर अहिल्यै नै छुट्याउन समस्या भयो,’’ उहाँले भन्नुभयो, ‘‘त्यसैले कलेज निजी वा सामुदायिक के हो । त्यहीअनुसार समस्या समाधान गर्न कार्यदल गठन गरिएको हो ।’’

विसं २०५१ मा स्थापना भएको उक्त कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने र सञ्चालक समिति सदस्य हरि पाण्डेबीच निजी वा सामाजिक भन्ने विषयमा विवाद हुँदै आएको छ । समितिले आज दुवै पक्षलाई बोलाएर उनीहरुको धारणा बुझेको थियो । बैठकले अहिले अध्ययन गरिरहेका विद्यार्थीको पठनपाठनमा असर नपर्ने गरी वातावरण मिलाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई जिम्मा दिएको समिति सदस्य केसीले जानकारी दिनुभयो ।

पहिले निजी संस्थाका रुपमा दर्ता भएको उक्त कलेज पछि सामाजिक बनाइएको थियो । जिल्ला प्रशासन कार्यालय भक्तपुरले सामाजिक संस्था दर्ता गरिएको उक्त कलेजमा संस्थापकबीच विवाद देखिएपछि खारेजको प्रक्रियामा लगेको छ ।

सभापति घर्तीले सामाजिक भनेर दर्ता गरिएको कलेजलाई निजीकरण गर्न नपाइने बताउनुभयो । उहाँले आवश्यक कागजात अध्ययन गरेर कलेजबारे निर्णय लिइने बताउनुभयो । समिति सदस्य खगराज अधिकारीले कागजबाट कलेज सामाजिक भएकाले निजीकरण गर्न नमिल्ने बताउनुभयो । अर्का सदस्य मानबहादुर विश्वकर्माले एउटा विश्वविद्यालयबाट सम्बन्धन लिएर सञ्चालन भएको कलेज पटक पटक विश्वविद्यालयको सम्बन्धन फेर्नु कलेज सञ्चालनमा शङ्का उब्जिएको बताउनुभयो ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले कलेज सामाजिक संस्थाका रुपमा दर्ता भएकाले सामुदायिक रुपमा सञ्चालन गर्नुपर्ने बताउनुभयो । कलेजका कार्यकारी अध्यक्ष न्यौपानले कलेज निजी भएकाले आफूहरुलाई सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । बैठकमा समिति सदस्य जीवनराम श्रेष्ठ, उमाकान्त चौधरी, भैरवबहादुर सिंह, नमिता चौधरी, उमेश श्रेष्ठलगायतले सामाजिक उद्देश्य दिई सञ्चालन भएको कलेज निजीकरण गर्न नपाइने बताउनुभयो । रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result