काठमाडौँ, ३ मङ्सिर / विद्यालय तहको पाठ्यक्रममा नै निर्वाचन शिक्षासम्बन्धी विषय पाठयक्रममा अनिवार्य गराइनुपर्ने सरोकारवाला व्यक्तिहरुको बताएका छन् ।
राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) ले आज यहाँ आयोजना गरेको ‘निर्वाचन समीक्षा ः सरोकार र समालोचना’ विषयक छलफल कार्यक्रमका सहभागीले सो धारणा राख्नुभएको हो । पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले यसअघिका निर्वाचन निष्पक्ष र भयरहित हुन नसक्नुमा निर्वाचन शिक्षाको कमी हुनु पनि एक कारण रहेको धारणा राख्नुभयो । गाउँसम्म निर्वाचनसम्बन्धी जनचेतनाका कार्यक्रम अझै पुग्न नसकेको भन्दै आयुक्त उप्रेतीले सरोकारवाला निकायले यसतर्फ ध्यान दिन आवश्यक छ भन्नुभयो ।
प्रा कुसुम शाक्यले अझै पनि निर्वाचन व्यक्तिको स्वार्थ पूरा गर्नका लागि मात्रै हुने गरेकाले निष्पक्ष हुन नसकेको बताउनुभयो । अधिवक्ता रामकृष्ण काफ्लेले निर्वाचन भएको मितिले १५ दिनभित्र निर्वाचनसम्बन्धी प्रारम्भिक प्रतिदेन र एक महीनाभित्र अन्तिम प्रतिवेदन निर्वाचन आयोगलाई बुझाईसक्नुपर्ने धारणा राख्नुभयो । सहभागीले निर्वाचन पर्यवेक्षक राख्दा निर्वाचनसम्बन्धी कानूनी ज्ञान भएको व्यक्ति मात्र हुनुपर्नेमा सहभागीको जोड रहेको थियो । रासस






प्रतिक्रिया लेख्नुहोस्:-