Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सडकदेखि टेलिभिजनसम्म

मंसिर ५, २०७५ १२:५९ मा प्रकाशित
Share on FacebookShare on Twitter

चितवन, ५ मङ्सिर / कुनै समय सडकका पेटीमा डेन्ड्राइटको गन्ध सुँघेर लठ्ठिरहने बालक यतिबेला रेडियो र टेलिभिजनबाट सर्वसाधारणलाई सकारात्मक सन्देश दिने काममा सहभागी हुनुहुन्छ । करीब चार वर्षको उमेरमा सडकमा जानुभएका सुरज कँडेल ‘किरण’ ६ वर्षदेखि भरतपुरस्थित कालिका एफएम र टेलिभिजनमा समाचार खोज्ने, बनाउने र कार्यक्रम प्रस्तुत गर्नेजस्ता कार्यमा व्यस्त हुनुहुन्छ ।

भरतपुरको बेलटाँडीमा बसोवास गर्दैगर्दा बाबुको देहावसान भयो । आमा अर्कैसँगै जानुभयो । केही दिन आमासँगै सौतेनी बाबुकहाँ गए पनि टिक्न कठिन भयो । त्यहाँबाट एक साँझ विकल्पविहीन बनेपछि करीब चार वर्षको उमेरमा आफू सडकमा होमिएको किरण बताउनुहुन्छ । किरणले भन्नुभयो “मलाई सम्झना छ, विकल्प केही नभएपछि म सडकमा गएँ । पहिलो रात डेन्ड्राइटसहितको कालो नशालु पदार्थ मलाई खुवाए ।” त्यसपछिको केही समय निकै दुःखदायी जीवन सडकमा बितेको उहाँ सम्झनुहुन्छ ।

पहिलो दिन दुखिया नामको साथी भेटेको स्मरण गर्दै उहाँले भन्नुभयो “कैयौँ रात र दिन हामी भोकै बसेका छौँ ।” कवाडी सङ्कलन गर्ने, चोर्नेजस्ता काम गरेर आएको पैसाले बजार नजिकैको तामाङ टोलमा रु १० तिरेर भात खाने गरेको उहाँलाई सम्झना छ । मान्छेले सडक बालबालिकालाई हेर्ने दृष्टिकोण नकारात्मक छ । बालबालिकाको बाध्यता कसैले नबुझेकामा उहाँ गुनासो पोख्नुहुन्छ । यही क्रममा किरण नारायणगढको पुलचोकबाट ‘हाम्रो घर’ को सहारामा पुग्नुभयो ।

हाम्रो घरकी आमा गङ्गा सिग्देलका अनुसार १० वर्ष हाराहारीको उमेरमा किरणलाई त्यहाँ लगिएको थियो । त्यहीँ बसेर किरणले एसइईसम्मको अध्ययन गर्नुभयो । त्यसपछि उहाँ २०६९ सालबाट कालिका एफएममा आबद्ध हुनुभयो । रेडियोको प्राविधिकमा काम गर्दै जाँदा सोही समूहले सञ्चालन गरेको कालिका टेलिभिजनमा कार्यक्रम उत्पादन र सञ्चालनसमेत गर्दै आउनुभएको छ ।

सोही क्रममा झण्डै दुई वर्षअघि कालिका एफएममै कार्यरत सविता महतोसँग किरणको विवाह भयो । अहिले सात महीनाकी छोरीसँगै किरण दम्पती कालिका एफएम र टेलिभिजनमा कार्यरत हुनुहुन्छ । ‘किरण’ हाम्रो घरले राख्ने थर हो । पहिले उहाँको थर बोहोरा थियो । सडकमै रहँदा एक जना जोगीले उहाँलाई बेच्नका लागि लग्यो । किरणले भन्नुभयो “मेरो साथीको बुबा जोगी थिए, माग्नका लागि भन्दै निजगढ पु¥याए । मलाई भारत बेच्न लैजान लागेको जस्तो लाग्यो, त्यहीको चिया पसलेलाई भनेँ ।”

घटनाक्रम सुनाउँदै उहाँले थप्नुभयो “पसलेले प्रहरीलाई भनेपछि जोगी पक्राउ परे । मलाई चिया पसलेले पाले । उनीहरु कँडेल थिए । त्यसैले थर कँडेल लेख्दै आएँ ।” केही समय निजगढ बस्नुभएका किरण फेरि नारायणगढ बजारको सडकमा फर्किनुभयो । त्यसपश्चात् किरणलाई हाम्रो घरले आश्रय दिएको हो । उहाँको एउटा भाइ कक्षा १० मा पढ्दै विहान बेलुका पसलमा काम गर्छ । उहाँलाई छाडेकी आमाको बारेमा खासै थाहा नभएको किरणको भनाइ छ ।

उहाँलाई आश्रय दिएको हाम्रो घरकी सचिव मीना खरेलका अनुसार हालसम्म सो संस्थाले ६१ सडक बालबालिकालाई पुनःस्थापना गरेको छ । हाल हाम्रो घरमा २१ भाइ र आठ बहिनी छन् । बाँकी नौले पेशा÷व्यवसाय गरिरहेका छन् । अन्यलाई परिवारसँग पुनःस्थापना गराइएको खरेल बताउनुहुन्छ । सडकबाट पुनःस्थापना गरी हुर्काएर पेशा÷व्यवसायमा लगाई घरजमसम्म भएको देख्न पाउँदा आफूलाई निकै आनन्द लाग्ने गरेको सामाजिक अभियन्तासमेत रहनुभएकी खरेल बताउनुहुन्छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result