दूरबिन नेपाल,न्युयोर्क
न्युयोर्कको अपस्टेटमा रहेको सिरेक्युज विश्वविद्यालयमा भएको रंगभेदी र घृणाजन्य क्रियाकलापबारे न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले विश्वविद्यालयको तिव्र आलोचना गरेका छन । कुमोले विश्वविद्यालय प्रशासनले रंगभेद र घृणाजन्य अपराधका बारे प्रभावकारी कदम नचालेको मंगलबार बताए । कुमोले प्रश्न गरेका छन “को हो अमेरिकी स्वेत सर्वोच्चतावादी” ? यसको बारे विश्वविद्यालय बेखबर बन्न नमिल्ने धारणा व्यक्त गरेका छन ।
खास घटना के हो ?
२० हजार भन्दा धेरै विद्यार्थीहरु आवद्ध रहेको न्युयोर्कको अपस्टेटस्थित सिरेक्युज विश्वविद्यालयमा झण्डै एक महिना अघिदेखि नै रंगभेदि क्रियाकलाप हुदै आएको छ । यहि नोभेम्बर ७ देखि झण्डै एक दर्जन रंगभेदी र विभेदकारी घटनाहरु भएको र सो विश्वविद्यालयमा अध्ययनरत अफ्रिकी अमेरीकी, एशियन तथा यहुदी विद्यार्थीहरुमाथी निशाना सांध्दै आएको छ । रंगभेदी जनाउने अश्वेत, एशियन र यहुदी विद्यार्थीहरुलाई विभिन्न गाली गर्ने उनीहरुलाई तुच्छ शव्द प्रयोग गर्ने जस्ता कार्य भएको बताइएको छ । क्याम्पसका भित्ता, भुई तथा बाथरुममा एशियन र अश्वेतहरुलाई होच्याउने अभिव्यक्तिहरुमात्र लेखिएका होइनन, जर्मन तानाशाह हिटलरको नाजी पार्टीको संकेत जनाउने स्वस्तीकाको चिन्हहहरुपनि कोरिएको थियो । जसले श्वेत सर्वोच्चतावाद तथा अन्य समुदायमाथी थिचोमिचोको संकेत गर्दछ ।
न्युजिल्याण्ड नरसंहारकर्ताद्वारा लिखित घोषणापत्र ?
क्याम्पसका विद्यार्थीहरुलाई न्युजिल्याण्डको मस्जिद आक्रमणकारीद्वारा लिखित घोषणापत्र इमेल मार्फत पठाइएकोपनि बताइएको छ । न्युजिल्याण्डका नरसंहारकर्तापनि रंगभेदी र स्वेच सर्वोच्चतावादीका पक्षपाती हुन । उनी अहिले न्युजिल्याण्डको जेलमा छन । उनीद्वारा लिखित पत्र (जसमा अन्य सुमुदाय, जाती तथा रंग भएकाहरुप्रति घृणा जनाइएको छ) कलेजका केही विद्याथीहरुलाई पठाइएको बारेपनि छानविन भइरहेको छ ।
पछिल्लो घटनापछि सो क्यामपसमा विद्यार्थीहरुले असुरक्षित महशुस गर्न थालेको भन्दै विरोध भइरहेको छ । केही विद्यार्थीहरुले घटनाको छानविनगरी दोषी उपर कडा कारवाहीको माग गर्दै क्याम्पसहातामै धर्ना समेत बसीरहेका छन । केही विद्यार्थीहरु कलेज जान मानिरहेका छैनन भने आवासमा बस्ने विद्याथीहरुमा केहीले आवास नै छोडीसकेको जनाइएको छ ।
दोषी पत्ता लगाउनेलाई ५० हजार डलर
विश्वविद्यालयमा भएको रंगभेदी क्रियाकलापको दोषी पत्तालगाउनेलाई ५० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा प्रशासनले गरेको छ । अफ्रीकी अमेरिकी, एशियाली तथा यहुदी विद्यार्थीहरुका विरुद्ध घृणा जनाउने घटनाका दोषी पत्ता लगाउन सबैलाई सहयोगको अपेक्षापनि विश्विद्यालयले गरेको छ । विश्वविद्यालयले प्रहरीको सहयोगमा घटनाको छानविन गरिरहेको र दोषीलाई छिटै समात्ने प्रतिवद्धता जनाएको छ ।
फोटोः एजेन्सी
प्रतिक्रिया लेख्नुहोस्:-