Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाः न्युयोर्कको विश्वविद्यालयमा एशियन र अश्वेतमाथी रंगभेदी क्रियाकलाप

मंसिर ५, २०७६ ३:५१ मा प्रकाशित
अमेरिकाः न्युयोर्कको विश्वविद्यालयमा एशियन र अश्वेतमाथी रंगभेदी क्रियाकलाप
Share on FacebookShare on Twitter

दूरबिन नेपाल,न्युयोर्क

न्युयोर्कको अपस्टेटमा रहेको सिरेक्युज विश्वविद्यालयमा भएको रंगभेदी र घृणाजन्य क्रियाकलापबारे न्युयोर्कका गभर्नर एण्ड्र्यु कुमोले विश्वविद्यालयको तिव्र आलोचना गरेका छन । कुमोले विश्वविद्यालय प्रशासनले रंगभेद र घृणाजन्य अपराधका बारे प्रभावकारी कदम नचालेको मंगलबार बताए । कुमोले प्रश्न गरेका छन “को हो अमेरिकी स्वेत सर्वोच्चतावादी” ? यसको बारे विश्वविद्यालय बेखबर बन्न नमिल्ने धारणा व्यक्त गरेका छन ।

खास घटना के हो ?
२० हजार भन्दा धेरै विद्यार्थीहरु आवद्ध रहेको न्युयोर्कको अपस्टेटस्थित सिरेक्युज विश्वविद्यालयमा झण्डै एक महिना अघिदेखि नै रंगभेदि क्रियाकलाप हुदै आएको छ । यहि नोभेम्बर ७ देखि झण्डै एक दर्जन रंगभेदी र विभेदकारी घटनाहरु भएको र सो विश्वविद्यालयमा अध्ययनरत अफ्रिकी अमेरीकी, एशियन तथा यहुदी विद्यार्थीहरुमाथी निशाना सांध्दै आएको छ । रंगभेदी जनाउने अश्वेत, एशियन र यहुदी विद्यार्थीहरुलाई विभिन्न गाली गर्ने उनीहरुलाई तुच्छ शव्द प्रयोग गर्ने जस्ता कार्य भएको बताइएको छ । क्याम्पसका भित्ता, भुई तथा बाथरुममा एशियन र अश्वेतहरुलाई होच्याउने अभिव्यक्तिहरुमात्र लेखिएका होइनन, जर्मन तानाशाह हिटलरको नाजी पार्टीको संकेत जनाउने स्वस्तीकाको चिन्हहहरुपनि कोरिएको थियो । जसले श्वेत सर्वोच्चतावाद तथा अन्य समुदायमाथी थिचोमिचोको संकेत गर्दछ ।


न्युजिल्याण्ड नरसंहारकर्ताद्वारा लिखित घोषणापत्र ?
क्याम्पसका विद्यार्थीहरुलाई न्युजिल्याण्डको मस्जिद आक्रमणकारीद्वारा लिखित घोषणापत्र इमेल मार्फत पठाइएकोपनि बताइएको छ । न्युजिल्याण्डका नरसंहारकर्तापनि रंगभेदी र स्वेच सर्वोच्चतावादीका पक्षपाती हुन । उनी अहिले न्युजिल्याण्डको जेलमा छन । उनीद्वारा लिखित पत्र (जसमा अन्य सुमुदाय, जाती तथा रंग भएकाहरुप्रति घृणा जनाइएको छ) कलेजका केही विद्याथीहरुलाई पठाइएको बारेपनि छानविन भइरहेको छ ।
पछिल्लो घटनापछि सो क्यामपसमा विद्यार्थीहरुले असुरक्षित महशुस गर्न थालेको भन्दै विरोध भइरहेको छ । केही विद्यार्थीहरुले घटनाको छानविनगरी दोषी उपर कडा कारवाहीको माग गर्दै क्याम्पसहातामै धर्ना समेत बसीरहेका छन । केही विद्यार्थीहरु कलेज जान मानिरहेका छैनन भने आवासमा बस्ने विद्याथीहरुमा केहीले आवास नै छोडीसकेको जनाइएको छ ।


दोषी पत्ता लगाउनेलाई ५० हजार डलर
विश्वविद्यालयमा भएको रंगभेदी क्रियाकलापको दोषी पत्तालगाउनेलाई ५० हजार अमेरिकी डलर पुरस्कार दिने घोषणा प्रशासनले गरेको छ । अफ्रीकी अमेरिकी, एशियाली तथा यहुदी विद्यार्थीहरुका विरुद्ध घृणा जनाउने घटनाका दोषी पत्ता लगाउन सबैलाई सहयोगको अपेक्षापनि विश्विद्यालयले गरेको छ । विश्वविद्यालयले प्रहरीको सहयोगमा घटनाको छानविन गरिरहेको र दोषीलाई छिटै समात्ने प्रतिवद्धता जनाएको छ ।

फोटोः एजेन्सी

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result