काठमाडौं । काठमाडौं– ४ मा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा विजयी भएका छन् । थापाले भट्टराईको तुलनामा ७ हजार ४ सय ५७ मत बढि ल्याएका छन् । थापाले २१३०२ मत प्राप्त गरी विजयी भएका हुन् ।। नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगन थापाले आजैदेखि संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।
निर्वाचन परिणाम सार्वजनिक भएसँगै उनले भने, ‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’
उनले अहिले जनताले नेपाललाई हाक्ने नयाँ चालक खोजेको भन्दै त्यो चालक कांग्रेसभित्रै भएको उनको भनाइ छ ।
‘त्यो चालक कांग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । कांग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले थपे ।
प्रतिक्रिया लेख्नुहोस्:-