Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली शिक्षक चिनियाँ संस्कृति सिक्दै

मंसिर ९, २०७५ ११:०३ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ मङ्सिर / कलङ्कीस्थित लर्निङ रियल्म, इन्टनेशनल (एलआरआई) विद्यालय परिसरमा अहिले देशका विभिन्न विद्यालयका शिक्षक चिनियाँ भाषा, साहित्य तथा संस्कृति सिक्दैछन् ।

सम्बन्धित विद्यालयका शिक्षकले त्यहाँको संस्कृतिका विभिन्न पक्ष तथा प्रारम्भिक भाषाको दीक्षा लिएपछि नयाँ संस्कृतिलाई आफ्ना विद्यार्थीलाई बुझाइने उनीहरुको तयारी छ ।

चीन सरकारको सहयोगमा गत कात्तिक २७ गतेदेखि यही मङ्सिर ११ गतेसम्म सञ्चालन गरिएको उक्त कक्षामा काठमाडौँ उपत्यका र धादिङका विभिन्न सामुदायिक र निजी गरी ६० विद्यालयका करीब १५० शिक्षक सहभागी छन् । शिक्षण अवधि छोटो भएका कारण सोहीअनुसारका पाठ्यक्रम विकास गरिएको छ भने चिनियाँ विज्ञले दैनिक जीवनमा प्रयोग गरिने भाषा, चिनियाँ कला, साहित्य र संस्कृतिको परिचयका साथै मनोरञ्जनका विविध पक्षलाई सिकाएका छन् ।

सहभागी शिक्षक चूडामणि सुवेदीले भाषाको अज्ञानले धेरै कुरा सिक्न कठिनाइ हुने भए पनि चिनियाँ संस्कृतिका नयाँ ज्ञान उपलब्ध भएको बताउँदै त्यहाँ जानेका शिक्षण शैलीलाई कालीमाटीस्थित जनप्रभात माविका शिक्षक तथा विद्यार्थीकाबीच अनुभव आदानप्रदान गर्ने बताउनुभयो ।

आर्थिक विकास र समृद्धिले अहिले विश्वको ध्यान खिचेको अवस्थामा उनीहरुले चीनका साहित्य, मौलिक परम्परा, सभ्यताबारे विश्वका धेरै स्थानबाट यस किसिमको शिक्षा तथा संस्कृति आदानप्रदान थालेका छन् । चिनियाँ सरकारले नेपालका भौतिक पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

एलआरआई विद्यालयका अध्यक्ष शिवराज पन्तले भाषाका माध्यमबाट विभिन्न विद्यालयका शिक्षकको क्षमता अभिवृद्धि, सामाजिक सेवा, प्रविधिको ज्ञान उपलब्ध गराउन चीनले गरेको सहयोगको सराहना गर्दै ग्रामीण भेगका शिक्षकलाई समेत यस किसिमको प्रशिक्षण दिन सकेमा विद्यार्थी लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

कन्फ्युसियस कक्षा समेत सञ्चालन गरेको उक्त विद्यालयले विभिन्न मुलुकका विद्यालय तथा शिक्षण संस्थासँग सहकार्य गरी सांस्कृतिक आदानप्रदान कार्यक्रममा गर्दै आएको छ । देशमा राजनीतिक व्यवस्था पारदर्शी भएमा समाजका सबै पक्ष सुदृढ हुने विश्वासका साथ विद्यालयले संसद् कक्ष निर्माण गरेको छ । देशभरका सबै जिल्लाबाट विद्यार्थीको त्यहाँ प्रतिनिधित्व गराई संसद्को अभ्यास गराउने तयारी गरिएको छ ।

यस किसिमका संस्कृति तथा भाषाका माध्यमबाट स्वदेशमा पर्यटन क्षेत्रको प्रवद्र्धनमा उचित वातावरण मिल्ने विश्वास लिइएको छ । उक्त विद्यालयमा सिकाइएका विषयवस्तुको परीक्षा लिएर उत्कृष्ट विद्यार्थी छनोट गरी चीनमा उच्च तहको भाषा र संस्कृति सिकाउन पठाइने छ ।

एलआरआई विद्यालयका प्राचार्य देवकान्त जोशीले परम्परागत शिक्षा प्रविधि ठीक नरहेकाले विद्यार्थी तहदेखि नै गुणात्मक परिवर्तन गर्ने शिक्षा प्रणालीको विकास गर्नुपर्ने विचार व्यक्त गर्दै उक्त प्रशिक्षणबाट शिक्षक तथा विद्यार्थी लाभान्वित हुने बताउनुभयो ।रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result