Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा नक्कली विश्वविद्यालय खडा गरि विद्यार्थीबाट लाखौं ठगी

मंसिर ११, २०७६ १०:०२ मा प्रकाशित
अमेरिकामा नक्कली विश्वविद्यालय खडा गरि विद्यार्थीबाट लाखौं ठगी
Share on FacebookShare on Twitter

जाङ्गबु शेर्पा/ दूरबीन नेपाल 


अमेरिका । अमेरिकामा आफ्नो शैक्षिक भवन समेत नभएका केही नक्कली विश्वविद्यालयले अमेरिकी निकायलाई झुटो विवरण दिएर विदेशबाट ल्याइएका सयौँ विद्यार्थीको बिचल्ली भएको छ । पैसाका लागि बदमासी गर्ने निकाय र विद्यार्थी दुवैलाई अमेरिकी सुरक्षा निकायले पक्राउ गरी कानुनी कारबाही शुरु गरिसकेको छ ।  आइसिइले अमेरिकाको डेट्रोइट राज्यमा  रहेका नक्कली कलेजहरूमा छापा मार्ने क्रममा एक वर्षको अवधिमा २ सय ५० भन्दा वढी विद्यार्थी पक्राउ परेको जनाएको छ ।

आइसिइका अनुसार पक्राउ परेका अधिकांश भारतीय विद्यार्थी रहेका छन । उनीहरु बिभिन्न टेक्नोलोजी र कम्प्युटर विज्ञानमा स्नातक गरिरहेका थिए । 

पक्राउ परेका सबैलाई सम्वन्धित देशमा फिर्ता पठाइसकेको पनि आइसिइले उल्लेख गरेको छ । विद्यार्थीहरू अमेरिकामा विद्यार्थी प्रवेशाज्ञामा कानुनी रुपमा नै प्रवेश गरेका हुन् । तर उनीहरूलाई अमेरिका झिकाउने फरिमिंग्टन विश्वविद्यालयमा छापा मार्ने क्रममा विश्वविद्यालयले आफ्नो वेबसाइटमा राखेको भवन नै नकली भएको पत्ता लागेको थियो । भवनै नभएको र कक्षा सञ्चालन समेत नभएको पाएपछि गत जनावरि देखि नै उक्त विश्वविद्यालयको सञ्चालन अनुमति खारेज भयो ।  

आइसिइले गत मार्चमा समेत उक्त नक्कली विश्वविद्यालयका १ सय २९ जना विद्यार्थीलाई पक्राउ परेको बताएको छ । पक्राउ परेका सबैको प्रवेशाज्ञा रद्द गरिएको समेत आइसिइले जनाएको छ । 

धेरै जसो विद्यार्थीहरू विश्वविद्यालयको साथ पाठ्यक्रम व्यावहारिक प्रशिक्षण भनेर चिनिने कार्यक्रम सिपिटि मार्फत आएका थिए । विद्यार्थीवाट विश्वविद्यालयले वार्षीक १२ हजार डलर शिक्षण शुल्कको रुपमा उठाउदै आएको पनि पत्ता लागेको छ ।  

विद्यार्थीको तर्फबाट कानुनी सल्लाहकारको रुपमा नियुक्त भएका अधिवक्ता  राहुल रेड्डीले विश्वविद्यालयले कानुनी कमजोरीको फाइदा उठाउँदै विद्यार्थीहरूबाट फाइदा लिएको बताएका छन । उनले विश्वविद्यालयले अवैधानिक रुपमा लाखौं डलर उठाएको बताउँदै त्यसको छानविन गर्नुपर्ने जिकिर गरेका छन् । 

आईसीइका अधिकारीहरूले भने विद्यार्थीहरूले यो वैध विश्वविद्यालय होइन भनेर थाहा पाउनुपर्थ्यो किनभने प्रत्यक्ष अध्ययन गर्न यसमा भवन र कक्षा कोठाको सुविधा छैन । केही सीपीटी प्रोग्रामहरू कम्पनीहरूमा कामका कार्यक्रमहरूको साथ कक्षा सञ्चालन हुन्छ ।
आइसिइले विश्वविद्यालयमा एक सेकेन्ड समेत कक्षा सञ्चालन नभएको तथ्य पनि फेला पारेको छ । यता सङ्घीय कानुनी अधिकारीहरूले भने विदेशी राजदूतावासमा अन्तराष्ट्रिय विद्यार्थीलाई दिइने विद्यार्थी प्रवेशाज्ञाको प्रकृयामा माथि प्रश्न उठाएका छन ।


यो घटना अमेरिकामा पहिलो र नयाँ भने होइन । यस अघि क्यालिफोर्नियाको एक नक्कली विश्वविद्यालयबाट पनि झण्डै २ सय विद्यार्थीलाई पक्राउ गरी अमेरिकी सुरक्षा निकायले फिर्ता पठाएको थियो ।  

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result