Monday, July 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विशेष राजनीतिक अभियान सञ्चालन गर्दै नेकपा

मंसिर १२, २०७६ १:०८ मा प्रकाशित
 छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा :  अध्यक्ष दाहाल
Share on FacebookShare on Twitter

–रमेश लम्साल र शरद शर्मा

    काठमाडौँ, १२ मङ्सिर सरकार र पार्टीले सम्पादन गरेका कार्यबारेमा जनतालाई जानकारी दिन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापीरुपमा विशेष अभियान सञ्चालन गर्ने तयारी गरेको छ । पार्टी एकताको काम करिब करिब सकिएकाले जनपरिचालनसहितको राजनीतिक अभियान सञ्चालन गर्न लागिएको हो । विशेष गरी उक्त अभियानमा पार्टी एकताको कामलाई गाउँस्तरसम्म पु¥याउने र सरकारको कामका बारेमा समेत जनतालाई जानकारी दिने लक्ष्य राखिएको छ ।

राजनीतिक अभियानका लागि नेकपाले छिट्टै पार्टीको स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाउने तयारी गरेको छ । राष्ट्रिय समाचार समिति (रासस)सँग कुरा गर्दै नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले सरकार, पार्टी र जनताको सम्बन्धलाई थप प्रगाढ र सुमधुर बनाउन विशेष अभियानको तयारी भइरहेको बताउनुभयो । एकताका केही छिटफुट काम केही दिनभित्रै सम्पन्न गर्ने मनस्थितिमा आफूहरु पुगेको उहाँको भनाइ छ । “अब छिट्टै स्थायी र केन्द्रीय कमिटीको बैठक बोलाएर योजनाबद्धरुपमा जनताको बीचमा जाने तयारी गरिएको छ”, उहाँले भन्नुभयो । विशेष गरी नेकपाले सचिवालय बैठकमार्फत आवश्यक निर्णय लिँदै आएको छ । त्यसले पार्टी कमिटी संस्थागत नभएको आरोपसमेत बेलाबेलामा लाग्ने गरेको छ ।

अन्य एकताका कामले साकार रुप लिए पनि पोलिटब्यूरो गठन भने हुन सकेको छैन । पार्टीभित्र तत्काल स्थायी र केन्द्रीय कमिटीको बैठक राख्नुपर्ने माग पनि उठेको छ । पार्टी एकतापछि स्थायी कमिटीको बैठक एक पटक मात्रै बसेको छ । पार्टीलाई बढी व्यवस्थित र वैज्ञानिक बनाउने लक्ष्यका साथ अब नियमितरुपमा कमिटीका बैठक राख्ने, योजना तय गर्ने र कार्यान्वयन गर्ने योजनामा नेकपा पुगेको छ । सचिवालयको पछिल्लो बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सरकारको काममा मात्रै केन्द्रित रहने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी काममा केन्द्रित हुने गरी कार्यविभाजन टुङ्गो लागेको छ । अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लागेसँगै पार्टी कामकारवाहीले जीवन्तता प्राप्त गर्ने विश्वास लिइएको छ । पार्टी सदस्यका रुपमा रहेका आठ लाख बढी नेता, कार्यकर्तालाई राष्ट्रियरुपमा परिचालन गर्ने योजनाका साथ पार्टी लागेको महासचिव पौडेलको भनाइ छ ।

ठूलो सङ्ख्यामा रहेका पार्टी नेता कार्यकर्तामा राजनीतिक कार्यक्रम र गतिविधि सुस्त हुँदा पार्टीले निकै ठूलो क्षति ब्यहोर्नुपरेको गुनासो पार्टीभित्रै उठ्दै आएको छ । एकता प्रक्रिया नटुङ्गिएका कारण कार्यकर्ता तहमा भएको अन्योल अहिले साम्य भएको भन्दै महासचिव पौडेलले तीन तहको सरकारले गरेका महत्वपूर्ण कार्य सम्पादनबारेमा जनता र कार्यकर्तालाई समेत जानकारी दिनका लागि अभियान जरुरी रहेको बताउनुभयो । अभियानसँगै सरकार र पार्टीलाई कसरी अगाडि बढाउने भन्ने विषयमा आमपार्टी पङ्क्ति र जनसमुदायलाई एक साथ सन्देश दिन लागिएको उल्लेख गर्दै उहाँले त्यसले जनतासँगको सम्बन्धलाई समेत थप सुदृढ गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “पार्टी निर्माण र सञ्चालनका लागि हामीले कस्तो वैधानिक व्यवस्था गरेको छौँ भन्ने विषयमा आमकार्यकर्ता तहमा मतैक्य होस् भन्ने चाहना राखिएको छ । आजको नेकपाको सैद्धान्तिक र नीतिगत मान्यता के हुन् भन्नेमा थप स्पष्ट गर्नु जरुरी भएको छ ।” नेकपाले तत्कालका लागि समाजवाद उन्मुख ‘जनताको जनवाद’लाई आफ्नो कार्यक्रम बनाएको छ ।

राजनीतिक स्थिरता, देशको स्वतन्त्रता सार्वभौमसत्ता र छिमेकीसँगको सम्बन्धलाई केन्द्रमा राखेर नेकपा अगाडि बढेकाले पनि जनताले आफूहरुलाई थप विश्वास गर्ने उहाँको भनाइ थियो । वर्तमान सरकार गठन भएपछि विकास–निर्माणका कामले गति लिएको, नेपालको अन्तरराष्ट्रियस्तरमा छवि उच्च बनेको तथा संविधान कार्यान्वयनसँगै जनताले परिवर्तनको महसुस गरेको महासचिव पौडेल बताउनुहुन्छ । “सरकार गठन भएको यस अवधिलाई कुनै पूर्वाग्रह नराखीकन हेर्ने आम मान्छेले सहजै अनुमान गर्न सक्छन्, आलोचनाका लागि मात्रै आलोचना गर्नेलाई त मेरो भन्नु केही छैन”, उहाँले भन्नुभयो, “काठमाडौँ नागढुङ्गा सुरुङमार्ग निर्माणको काम शुरु भएको छ । देशव्यापीरुपमा नै सडक कालोपत्र भएका छन् । भेरी बबई डाइभर्सन आयोजनाको कामले गति लिएको छ ।

आर्थिक विकासका काम भएका छन् । केरुङ–काठमाडौँ रेलमार्ग तथा काठमाडौँ–रक्सौल रेलमार्ग निर्माणको कामसमेत अगाडि बढेको छ ।” पछिल्ला दिनमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’सँगै देशका विभिन्न स्थानमा कार्यकर्ता भेटघाटमा समेत संलग्न रहनुभएका महासचिव पौडेलले जनतामा नेकपाप्रतिको विश्वास उस्तै रहेको आफूले पाएको जानकारी दिनुभयो । “सरकारले काम गर्दैछ, नेकपा हाम्रै पक्षमा छ भन्ने विश्वास जनतामा छ”, उहाँले भन्नुभयो । राष्ट्रियताको विषयमा कोही कसैसँग सम्झौता नहुने भन्दै महासचिव पौडेलले नेपालको एक इन्च जमीन पनि नछाडिने दृढता व्यक्त गर्नुभयो । कालापानीको सन्दर्भमा सरकार र प्रमुख राजनीतिक दलका बीचमा राष्ट्रिय सहमति कायम भएको तथा सोही आधारमा सरकार अगाडि बढेको उहाँको भनाइ छ । “भारत सरकारलाई हाम्रो तर्फबाट ‘प्रोटेस्ट नोट’ पठाइएको छ । त्यहाँ तथ्य र प्रमाणका आधारमा कालापानी नेपालको हो भन्ने प्रष्ट पारिएको छ ।

सरकारले वार्ता र संवादमार्फत नेपालको भूमि फिर्ता ल्याउँछ”, उहाँले भन्नुभयो । केही राजनीतिक दलले अनावश्यक रुपमा राष्ट्रियता र सार्वभौमसत्ताको विषय उचालेको भन्दै महासचिव पौडेलले सरकारले उत्तेजनामा नआई जिम्मेवार भएर समस्याको समाधान गर्ने विश्वास दिलाउनुभयो ।

रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result