Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेतृत्वमा पुग्न सबैखाले नैतिक धरातल नष्ट गरिन्छ। यस्तो प्रवृत्ति र पात्रहरूका कारण पनि सामाजिक संघ संस्थाहरू प्रतिको साख घट्दो छ – हरिहर दाहाल, पूर्व अध्यक्ष सन्निसगरमाथा समाज

मंसिर १४, २०७५ ७:२७ मा प्रकाशित
नेतृत्वमा पुग्न सबैखाले नैतिक धरातल नष्ट गरिन्छ। यस्तो प्रवृत्ति र पात्रहरूका कारण पनि सामाजिक संघ संस्थाहरू प्रतिको साख घट्दो छ  – हरिहर दाहाल,  पूर्व अध्यक्ष सन्निसगरमाथा समाज
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को वे एरियामा कुन कुराको अभाव खड्कीयो र सन्निसगरमाथा समाजबाट मात्र त्यो पुरा गर्न सकिन्छ जस्तो लाग्यो ?

-तत्काल हामीले सन्निभेल,माउण्टेनभ्यूको सेरोफेरोमा बस्ने नेपालीहरूलाई सङ्गठित गरेर दुख शुख बाढौं भनेर संस्थाको शुरु गरेका थियौँ ।काम गर्दै जाँदा संस्था बिधिबत रूपमा दर्ता गरियो र विधानमा कार्य क्षेत्र पनि बिस्तार गरियो।त्यसताका बे एरियामा क्रियाशील संघ संस्था सँग हाम्रो पहुँच नभएका कारण पनि सङ्गठित हुन आवश्यक ठानियो होला तथापि कसै सँग प्रतिस्पर्धा गर्ने अथवा कसैलाई असर पार्ने आशयले संस्थाको स्थापना किमार्थ गरिएको थिएन।

बे एरियाका अरू पुराना संघ संस्थाले घरमा सौता पसेजस्तो व्यवहार त गरेनन् ?

-कसैले त्यस्तो ब्यबबहार गर्नु भएन।सबैले स्वागत गर्नु भयो,सहयोग गर्नु भयो।

बे ऐरियका संघ संस्थासँग सहकार्य गर्नु भएको छ ?

-थुप्रै गरेका छौ।
बे एरियामा मात्र नभै संस्थाको प्रतिनिधित्व गर्दै हामी सोनोमा ,सान्तारोजा,साक्रामेन्टो सम्म गएका छौ।संस्थागत सहयोग र सहकार्य गरेका छौ ।सन्नि सगरमाथा समाज प्रतिस्पर्धी संस्था हैन ,सहयोगी संस्था हो।

सन्नी सगरमाथा समाजले उद्देश्य अनुरुप काम गरेको छ ?

-हामीले धेरै काम गर्न सकिएको छैन।समुदायलाई एक ठाउँमा ल्याउने काम मात्रै भएको छ।आज सम्मको नेतृत्वले जे जति गर्‍यो ,आफ्नो क्षमताले भ्याए सम्म मात्रै गरेको छ।समाज व्यवस्थापनमा गरिनु पर्ने थुप्रै कामहरू छन्।समाज सेवामा सामो समय काम गरेका अनुभवीहरू ,विभिन्न विधाका विज्ञहरूको सहभागिता र नेतृत्वको जरुरी छ समाजलाई।

अमेरिकामा रहेको नेपाली समुदायलाई यो संस्थाले के कसरी सहयोग गरिरहेको छ ?

-अमेरिका मात्र हैन जन्मभूमी र अन्य मुलुकमा रहेका नेपालीहरूलाई परेको दुखमा संस्थाले सघाएका छ।
जन्मभूमिलाई दुखेको बेला हामी सँगै रोएका छौ।नेपालमा भएका दैविक तथा प्राकृतिक प्रकोप (भूकम्प,आगजनी,बाढी पहिरो)मा संस्थाले उल्लेख्य सहयोग गरेको छ।
अमेरिकामा भएका नेपालीहरूलाई अप्ठ्यारो परेको बेला (दुर्घटना , बिरामी मृत्यु,)यथासक्य सघाएका छौँ।सघाउन प्रेरित गरेका छौँ।

संस्थामा राजनीति हुन्छ ,हस्तक्षेप हुन्छ भनिन्छ , समुदाय र आम मानिसहरूको चाहाना अनुसार काम गर्न सामाजिक सङ्घ संस्थालाई कत्तिको सहज छ ?

-सहज छैन।
समाजले संस्था माथि ठुलो अपेक्षा राख्ने चलन छ।समाजमा घटित तमाम समस्याको संस्थाले समाधान गर्नु पर्छ भन्ने मनोविज्ञान छ।सामाजिक संघ(संस्थाहरू भनेको समाजको एउटा सङ्गठित रूप मात्रै हो।समाजको सङ्गठित आवाज मात्रै हो।समस्याको ब्यबस्थापनको एउटा सहायक रूप मात्रै हुँन सामाजिक संघ-संस्थाहरू । यो अब्यबहारिक अपेक्षामा सुधार ल्याउन जरुरी छ।
अर्को कुरा सामाजिक संघ संस्थाको नेतृत्वमा जान अप्राकृतिक प्रतिस्पर्धा हुने प्रचलन बढ्दो छ।नेतृत्वमा पुगे पछि संसार जितिन्छ को दम्भ यती बढ्दो छ की त्याहा पुग्न सबैखाले नैतिक धरातल नष्ट गरिन्छ।
यस्तो प्रवृत्ति र पात्रहरूका कारण पनि सामाजिक संघ संस्थाहरू प्रतिको साख घट्दो छ। यस्ता अभ्यासका कारण अन्तर मनबाट स्वच्छ भावनाले समाज सेवा गर्ने मानिसको मनोबल घट्दो छ।आSSS होस् जे गरे पनि जस पाईदैन,काम गर्न पनि दिदैनन भन्ने मनोविज्ञान बढ्दो छ।
तर सन्नि सगरमाथा समाज आजका मिति सम्म निरोगी छ।
नेतृत्व चयनको सबै भन्दा उत्तम अभ्यास हो चुनाव । तथापि चुनाव पछाडि हार्ने र जित्ने उमेद्वारहरुका बिचको तिक्तता ,मतदाताहरूका बिचको तिक्तताले समाज विखण्डन हुन्छ भन्ने डरले हामीले आजसम्म सहमतिमा नेतृत्व छान्ने अभ्यास गरेका छौ।
अर्को कुरा हाम्रो संस्थाको कार्य समितिमा बस्ने पदाधिकारीहरू भन्दा बाहिर बस्ने साधारण सदस्यले बढी काम गर्नु हुन्छ।
समाज सेवा गर्न पदमा बसी रहनु पर्दैन को बिचारलाई हामीले व्यवहारमा उतारेका छौ।
तपाईँ लाई अचम्म लाग्ला यो कुरा सुन्दा , हाम्रो समाजका सदस्यहरूको गुनासो भनेको “हामीलाई किन कुनै काम नदिएको” भन्ने गुनासो हुन्छ।
यो समाजको अर्को महत्त्वपूर्ण कुरा र सफलताको राज भनेका यहाँका दिदी बहिनीहरू हुनुहुन्छ।
ठुला कार्यक्रमहरू हुँदा सयौँ घरबाट खाना पाक्छ। खाना पकाउन तँछाड् मछाड् हुन्छ।
कसेले पनि नामको लागि काम गर्दैनन्।
आफू काम गरेर जस अरूलाई नै दिने चलन छ हाम्रो।
यस पटक कार्य समिति पनि सहमतिमै चयन भएको छ। बर्षौ देखि बाहिर बसेर सघाउने सदस्यहरू जस्तै हामी पनि बाहिर बसेर सघाउँछौ भनेर काम गरिरहनु भएका र काम गर्न सक्ने साथीहरू कार्य समितिमा आउनु भएको छैन। को समितिमा छ ,को छैन ,यी कुराहरू गौण हुन।
हरेक संघ संस्थामा हुने चुनाबले संघ संस्थाहरू क्षत क्षतविक्षत भएका छन्,हामी यो रोग सन्नि समाजमा नसल्कियोस भनेर सजग छौ।

अमेरिकामा दर्ता भएका नेपालीहरूका कतिपय सङ्घ संस्था कार्यक्रम गर्ने बहानामा मानवतस्करीमा संलग्न छन् भन्ने आरोप पनि सुनिन्छ, सन्निसगरमाथा जस्ता संस्थालाई त्यसको बाछिटा पर्न नदिन के गर्न सकिन्छ ?

-हामीले त्यसो गरेका छैनौ र अरूले के गर्नु भएको छ,हामीलाई जानकारी छैन।

 सन्नी सगरमाथा समाजको आमदानी खर्च र गतिविधि कत्तिको पारदर्शी छ ? आबद्ध सबै सदस्यले थाहा पाउने गरेर राखिएको छ ?

-सन्नि सगरमाथा समाजको कार्य समिति छ,विभिन्न जिम्मेवारीहरू बिभाजन गरिएको छ,आय ब्यय हेर्न कोषाध्यक्ष हुनु हुन्छ,कार्यक्रम सकिए पछि मिटिङमा हिसाब किताब गरिन्छ, कार्य समितिको पूर्ण बैठकले पास गरेको आय ब्ययलाई साधारण सभामा लगेर अनुमोदन गरिन्छ।
एउटा व्यक्ति वा समूहले समाजको पैसा अपचलन गर्नु अपराध हो भन्ने कुरा हरेक सदस्यलाई राम्ररी थाहा छ । हरेक गतिविधि र कारोबारका लागि सम्पूर्ण कार्य समिति जबाफदेही हुनु पर्छ भन्ने कुरा सन्नि सगरमाथा समाजको कार्य समितिलाई पूर्ण ज्ञान छ।

सन्निसगरमाथा समाजको तपाईँ संस्थापक साथै पूर्व अध्यक्ष , अरू को को हुनुहुन्थ्यो संस्था स्थापनाका लागि लागिपर्ने व्यक्तिहरू

– संस्थापक अध्यक्ष इश्वर सापकोटा लगायत १०-१२ जना मानिसको सामूहिक प्रयासमा एउटा कोठाबाट जन्मेको हो यो संस्था ।संस्थाको अभिलेखमा संस्थापकहरूलाई राखिनु ,नेतृत्वले सम्झनु भिन्नै कुरा भयो तर समाजलाई आजको यो उचाई सम्म ल्याउन संस्थापकहरूको मात्रै हैन ,अनगिन्ती सहयोगी हातहरूको लगानी छ ।त्यस कारणले पनि सस्थापकहरु को हुँन भन्ने कुरा महत्त्वपूर्ण नहुन सक्छ।

सानफ्रानसिस्को वे एरियामा लामो समय देखि सामाजिक काममा सक्रिय सन्निसगरमाथा समाजका पूर्व अध्यक्ष हरिहर दाहालसँग सामाजिक र संस्थागत गतिविधिका विषयमा गरिएको अन्तरवार्ता – सम्पादक

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result