काठमाडौं । नेपाली कांग्रेसका संस्थापनइतर समुहका नेता तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा गुटगत लडाईं हुँदा कांग्रेसको मिसन पूरा नहुने टिप्पणी गरेका छन् । नेता कोइरालाले शुक्रबार कांग्रेस जिल्ला समिति नवलपरासीले परासीमा आयोजना गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्ने कैममा यस्तो बताएका हुन् ।
उनले यो लडाईंले पार्टीको २०८४ को चुनाव लक्षित मिसन पूरा नहुने बताएका हुन्। ‘आगामी २०८४ को चुनाव काँग्रेस एक्लै लड्छ। त्यसका लागि पार्टीभित्रै एकताको जरुरी छ। केही जिल्लामा गुटगत लडाईंले संगठन नै कमजोर हुने देखिएको छ। सबैका केही कमी कमजोरी होलान्। त्यसलाई बसेर मिलाउन जरुरी छ,’ उनले भने।
प्रतिक्रिया लेख्नुहोस्:-