स्यानफ्रान्सिस्को ।
सिलीकोन भ्यालीको मुटु मानिने टेक जाएण्ट सिटी पालो अल्टोमा नेपाली ब्यावसायीहरुको लगानीमा निकै आकर्षक र भब्य फाइन डाइनिगं ‘रारा रेष्टुरेण्ट’ संचालनमा आएको छ । संचालनमा आएको केही समयमा नै रेष्टुरेण्ट नेपाली खानाको लागि लोकप्रिय भएको र राम्रो प्रतिकृया पाएको रेष्टुरेण्टका एक संचालक एवं मुख्य सेफ बिनोद पौडेलले बताए ।
पौडेलका अनुसार नेपाली खानालाई प्राय धनी अमेरिकन र टेक्नोलोजीमा सफलता पाएकाहरुको बाहुल्यता रहेको पालो अल्टोमा स्थापित गर्ने उदेश्यका साथ संचालनमा ल्याइएको हो ।
‘संचालन गरेको थोरै समयमा नै हामीले निकै राम्रो प्रतिकृया पाएका छौ’, पोडेलले भने -‘नेपाली नेपाली खानाको स्वाद र अथेन्टिसिटी स्थापित गर्न सफल भएका छौं’ ।
उनले रेष्टुरेष्टमा खान आउने अमेरिकन ग्राहकहरुले पालो अल्टो जस्तो स्थानमा नेपालीहरुले आफ्नै स्वादमा अथेन्टिक नेपाली रेष्टेरेण्ट संचालन गरेकोमा खुशी ब्यक्त गरेको बताए । अझ नेपाल भइकाहरु त खोजी खोजी आउने गरेका अनुभव सुनाउदै पौडेलले भने- ‘हामी निकै उत्साहित भएका छौं’ ।
नेपालको उत्कृष्ट होटल द्धारिकाजमा सेफ भएर काम गरेका बिनोद पौडेले आफ्नो तीन दशक लामो अनुभव र सीपलाई रारा रेष्टुरेण्टमा समर्पण गरेको बताउछन् । त्यसो त उनले सन् १९९६ मा नै काठमाडौंको रविभवनमा सोही समयदेखि संचालनमा आएको होटल पर्यटन ब्यवस्थापन केन्द्रवाट तालीम लिएका थिए । पौडेलले जर्मनी, स्पेन लगायतका विभिन्न यूरोपियन देशका होटलहरुमा सेफ भएका काम गरिसकेका छन् । रेष्टुरेण्टमा आकर्षक बियर एवं वाइन वार पनि रहेको छ । सो रेष्टुरेण्टमा झण्डै पाँच लाख डलर लगानी गरिएको संचालकहरुले बताएका छन् ।
विगत तीन दशक भन्दा लामो समय रेष्टुरेण्ट ब्यवस्थापन र ब्यावयमा संलग्न ब्यावसायी अनिल पाण्डेले रेष्टुरेण्टको सजावट र लोकेशनले आफूलाई पनि निकै प्रभावित तुल्याएको प्रतिकृया दिए ।
प्रतिक्रिया लेख्नुहोस्:-