Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अर्जुनधारामा दैनिक १५ हजार भक्तजन

मंसिर १७, २०७५ १०:४१ मा प्रकाशित
Share on FacebookShare on Twitter

भद्रपुर, १७ मङ्सिर / पूर्वकै पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण सुन्नका लागि दैनिक १५ हजार बढी भक्तजन आउने गरेका छन् ।

महाभारतकालीन इतिहास बोकेको यस अर्जुनधारा जलेश्वरधामको ३६ औँ वार्षिक अनुष्ठानको अवसरमा यही मङ्सिर ११ गतेदेखि शुरु महायज्ञमा झापा, मोरङ, सुनसरी, इलाम र भारतको सिक्किम, दार्जिलिङलगायतका स्थानबाट भक्तजन आएका हुन् ।

विसं २०२३ मा स्थापना भएको धाममा विसं २०४० देखि प्रत्येक वर्ष बालाचर्तुदशीमा समापन हुने गरी भविष्य पुराण, महापुराणलगायतका अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।

नौ दिनसम्म चल्ने अनुष्ठानमा महाभारतकालीन घटनाक्रम एवं धामको उत्पत्तिबारे विद्युतीय जानकारी समेत राखिएको छ । सो जानकारी लिनका लागि धेरैजसो धाममा आउने भक्तजनको भीड लाग्ने गरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो ।

उहाँका अनुसार धामका बारेमा विद्युतीय जानकारी लिनका लागि ज्येष्ठ नागरिक र विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० लिने गरिएको छ । महायज्ञमा दैनिक गङ्गा आरती हुने गरेको छ ।

धामको ऐतिहासिक मूल पोखरीभित्र कलात्मक सङ्गीतमय फोहोरा प्रदर्शनी, लक्ष्यवर्तीका प्रज्वलनलगायतको व्यवस्था गरिएको छ । भागवतभूषण कौशीकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट अमृतमय कथा प्रवचन भइरहेको छ । पुराण शुरु भएको आज छैटौँ दिनसम्ममा धाममा आउने भक्तजनको सङ्ख्या ९० हजार बढी भएको अध्यक्ष गट्टानीले बताउनुभयो । महापुराण यही मङ्सिर २० गते अर्थात् बाला चर्तुदशीको दिन समापन हुनेछ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result