काठमाडौं । बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे निर्वाचित भएका छन्। कांग्रेस सह महामन्त्री समेत रहेका उनी ३१ हजार ७ सय ८६ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २६ हजार ३ सय ४९ मत पाए ।
बुथ कब्जा भएको भन्दै एमालेले मतगणनामा अवरोध गरेपछि निर्वाचन भएको १० दिनपछि मात्रै मतगणना सुरु भएको थियो। उनीहररुबीचको मतान्तर ५ हजार ४ सय ३७ रहेको छ।
प्रतिक्रिया लेख्नुहोस्:-