स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
डिसेम्वर ३
बे एरियमा मन्दिर स्थापनाको लागि गठित मुक्तिनाथ कर्पोरेशनको आइतवार बसेको साधारण सभाले अनिल पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सो साधारण सभाले बरिष्ठ उपाध्यक्षमा पशुपति कडेंल, उपाध्यक्षमा दीक्पाल केसी र महासचिवमा गोपाल आचार्यलाई चयन गरेको छ भने सहसचिवमा जनकराज ढुंगाना, कोषध्यक्षमा संजिव भट्ट, सहकोषध्यक्षमा गीता रेग्मी एवं बोर्ड अफ डाइरेक्टरमा तेजेन्द्र बराल र भरत अधिकारीलाई चयन गरेको छ । नव निर्वाचित कार्यसमितिले यज्ञलाल श्रेष्ठ, बालकृष्ण आचार्य, सुनिता गुरुगं र राजेश थापालाई सल्लाहकारमा चयन गरेको अध्यक्ष पाण्डेले बताए ।
संचालक समितिको पहिलो बैठकपछि आज आइतवार मन्दिरमा भजनकीर्तन गरि पुजा अर्चना शुरु गरिएको छ ।
अध्यक्ष पाण्डेले निकट भविश्यमा नेपालकी चर्चित पुराण बाचिका राधिका दासीवाट मुक्तिनाथ मन्दिरमा सप्ताह पुराण लगाउने कार्यक्रम रहेको र नियमित पुजा अर्चना गरिने जानकारी दिए ।
बे एरियामा मन्दिर निर्माण गर्ने अभियानको लागि स्थापना गरिएको मुक्तिनाथ कर्पोरेशनले रिचमण्डको ५८०१ म्याकब्राइटको ठेगानामा रहेको भवन खरिद गरेपछि बे एरियामा नेपालीहरुले मन्दिर बनाउने पुरानो सपना साकार भएको हो । सो भवन मुक्तिनाथ कर्पोरेशनले १२ लाख अमेरिकी डलरमा खरिद गरेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-