Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकाको उबरमा खतरा बढेकै हो त ? तीन हजार भन्दा धेरै यौन हिंसा उबरमा ?

मंसिर २०, २०७६ ३:५५ मा प्रकाशित
अमेरिकाको उबरमा खतरा बढेकै हो त ? तीन हजार भन्दा धेरै यौन हिंसा उबरमा ?
Share on FacebookShare on Twitter

बद्रि गौतम, दूरबिन नेपाल, सनफ्रान्सिस्को

अमेरिकामा सबैभन्दा भरपर्दो मध्येको एक सवारी सेवा उबरमा तीन हजारभन्दा धेरै यौन हिंसाका घटना भएको देखिएको छ । सन २०१८ को रिपोर्टमा दुई सय ३५ बलात्कारका घटना भएको जनाइएको छ । सन २०१७ मा बलात्कारका घटनाको संख्या दुई सय २९ थियो । यसले अघिल्ला बर्ष भन्दा बलात्कारका घटनामा बृद्धि भएको उवर स्वयंले स्वीकारेको छ । लामो प्रतिक्षा र दवावपछि उबरले जारी गरेको बार्षिक रिपोर्टमा माथी उल्लेखित कुरा जनाइएको हो । उबरले जारी गरेको रिपोर्टमा यौन हिंसाबाट पीडित यात्रु र उबर चालक दुवै पक्ष भएको उल्लेख गरिएको छ । कतिपय घटनामा यात्रु पीडित छन भने कतिपयमा उबर चालक नै यात्रुबाट यौन हिंसाको शिकार भएको देखिएको छ । उबर सवारी यसको सुविधा र सुरक्षाबारे तिव्र आलोचना भएपछि यस्तो रिपोर्ट जारी गरिएको उबरले जनाएको छ । सन २०१८ मा एक दशमलव तीन बिलियन व्यक्तिले उबर सेवा उपयोग गरेको रिपोर्टले जनाएको छ । कतिपय घटनाहरु अझै बाहिर नआएको तथा गुपचुप राखिएको हुन सक्ने पनि विहिवार जारी गरिएको रिपोर्टमा अनुमान गरिएको छ । ८४ पृष्ठ लामो रिपोर्टलाई युएस सेफ्टी रिपोर्ट नाम दिइएको छ । सन २०१७ र १८ को एक वर्षको अवधिमा भएका घटनाहरुलाई समेटेर रिपोर्ट जारी गरिएको हो । रिपोर्टमा उबर सवारी प्रयोगका बेला भएका यौन हिंसाका घटनालाई अत्यधिक महत्व दिइएको छ ।

अघिल्लो बर्ष भन्दा उबरमा यौन हिंसाका घटना बढे

उबरले सन २०१६\१७ लाई समेटेर अघिल्लो बर्ष जारी गरेको रिपोर्ट भन्दा यो बर्षको रिपोर्टमा यौन हिंसाका घटनामा बृद्धि भएको देखिएको छ । सन २०१७ मा दुई हजार नौ सय ३६ यौन हिंसाका घटनाहरु दर्ज भएका थिए । जसमा एक बिलियनले उबरको उपयोग गरेको जनाइएको छ । उबरका सिइओ दारा कोस्रोवोसाहीले रिपोर्ट सार्वजनिक पछि ट्वीट गर्दै उबरको कामको प्रशंसा गर्ने र आलोचक दुवैको सुझावलाई सकारात्मक रुपमा लिएको लेखेका छन । उबर पीडितको पक्षमा एक सय भन्दा धेरै मुद्वा लडिसकेका अधिवक्ता माइक बमबर्गरले उबर र लिफ्टमा हुने हिंसाबारे कम्पनीले खासै चासो नदिएका कारण घटनामा बढोत्तरी भइरहेको बताएका छन । कम्पनीले सीसी क्यामेरा तथा प्रहरीको सहयोग लिने हो भने ८० देखि ९० प्रतिशत हिंसाका घटनाहरुमा कमी ल्याउन सकिने अधिवक्ता बमबर्गरको दावी छ ।

१० भन्दा धेरै हत्या र दुर्घटनामा एक सयभन्दा धेरैले ज्यान गुमाए

उबरको सुरक्षा रिपोर्ट अनुसार सन २०१७ र १८ मा उबर ड्राइभरहरुद्वारा ९७ वटा अत्यन्तै गम्भीर सवारी दुर्घटना गराइएका छन । सोही कारण एक सय सात जनाको ज्यान गएको छ । अत्यन्तै भयानक दुर्घटनाको यो तथ्यांक मुलुकभरी भएका खतरनाक सवारी दुर्घटनाको आधा जती हो भनिएको छ । रिपोर्टमा उबर चालकहरु हत्या जस्तो जघन्य अपराधमा संलग्न भएको उल्लेख गरिएको छ । जस अनुसार सन २०१७ मा नौ जना र सन २०१८ मा दश जना व्यक्तिहरुको उबर चालकद्वारा हत्या भएको उल्लेख गरिएको छ ।
उबर कतिपय विकसीत मुलकहरुमा लोकप्रीय र भरपर्दो सवारी साधन भएपनि यसमा सुरक्षा चुनौती थपिंदै गएको भन्दै आलोचनापनि हुदै आएको छ । बेलायतको लण्डनमा त्यहांको प्रशासनले उबर कम्पनीलाई पुनः दर्ता गर्न रोकेको छ । सुरक्षाको कारण देखाउंदै प्रशासनले उबरलाई रोकिएको दावी गरिएपनि उवरले पुनः दर्ता प्रक्रियालाई अघि बढाउने जनाएको छ । अमेरिकाको न्युयोर्क, क्यालिफोर्निया लगायतका केही ठुला राज्यहरुमा उबर निकै लोकप्रीय हुंदै गइरहेको छ । केही नेपालीहरुलेपनि उबरलाई आफ्नो आम्दानीको श्रोत बनाउंदै आएका छन । त्यस्तै दक्षिण एशियाली र क्यारेवियन तथा ल्याटीन अमेरिकीहरुलेपनि उबर ड्राइभिङलाई आफ्नो पेशा बनाउंदै आएका छन ।


लामो प्रतिक्षापछि उबरले जारी गरेको सुरक्षा रिपोर्टमा उबर चालकहरु नै अधिकांश घटनामा पीडित भएको उल्लेख गरेपनि अधिकारकर्मीहरुले भने उबरले साख गिर्न नदिन रिपोर्टलाई आफुले सहानुभुती पाउने हिसाबले बनाएको आरोप लगाएका छन । उबरले जारी गरेको रिपोर्टको तथ्यांकका बारेमा पनि प्रश्न उठाइएको छ । उबरले दावी गरेको तथ्यांक कतिपय राष्ट्रिय तथ्यांकसंग मेल नखाने भन्दै  आलोचना भइरहेको छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result