Monday, September 25, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको छ : हरिवंश आचार्य

'महापुरुष' प्रत्येक समुदाय र घरघरको कहानी

मंसिर २१, २०७९ १२:४० मा प्रकाशित
‘महापुरुष’ले सपरिवार फिल्म हेर्ने वातावण सृजना गरेको  छ : हरिवंश आचार्य
Share on FacebookShare on Twitter

नेपाल र  विभिन्न देशहरुमा सर्वाधिक लोकप्रिय र लगातार छैटौं हप्तामा चलिरहेको नेपाली चलचित्र “महापुरुष”का मुख्य नायक एवं अभिनेता हरिवंश आचार्य यतिवेला अमेरिकामा छन् । समता स्कुलको सहयोगार्थ अमेरिकामा विभिन्न शहरहरुमा प्रस्तुती दिएका मह जोडी यतिवेला “महापुरुष”को ब्यावसायिक सफलता र दर्शकवाट आएको प्रतिकृयावाट पुलकित र व्यावसायिक सफलतावाट दंग छन् । यसै सेरोफेरोमा अभिनेता आचार्यसंग दूरवीन नेपालले चलचित्र महापुरुषको सम्वन्धमा गरेको कुराकानीका केही सम्पादित अंशहरु

दूरवीन: नेपालमा ‘महापुरुष’को सफलतासंगै  अमेरिकाका विभिन्न शहरहरुमा पनि महापुरुष चलिरहेका छ । यहाँ कस्तो प्रतिकृया पाउनुभएको छ

हरिवंश आचार्य: हामी एक विशेष कार्यक्रमको लागि यहाँ आएका थियौ । खासमा हामी अघिअघि ‘महापुरुष’ पछिपछि जस्तो भएर आएको जस्तो भएको छ । हामी जति जति ठाउमा गयौ, त्यहाँवाट एकदमै राम्रो प्रतिकृया आएको छ । सामाजिक संजालहरुमा पनि एकदमै समारात्मक प्रतिकृयाहरु आएकोे छ । केहीदिन अगाडि फ्लोरिडाको वेष्ट पामवीचमा हामीले पनि दर्शकहरुसंगै बसेर महापुरुष हेर्यौ । वास्तवमा मैले पनि पुरै फिल्म हेरेको थिइन । यही अमेरिकामा नै दर्शकहरुसंग बसेर हेरें । मलाइ पनि आफैमा सन्तुष्टी लाग्यो । उहाँहरुको एमदम राम्रो प्रतिकृया पाएं । स्यानफ्रान्सिस्कोवाट पनि राम्रो रेस्पोन्स पाइरहेका छौ । टेक्ससको ड्यालसमा त छैटौ हप्तौंदेखि ‘महापुरुष’ चलिरहेका छ । अमेरिकाका अन्य शहरहरुमा प्रदर्शनको तयारीमा छ । डिसी र वोष्टनमा महापुरुष हेर्ने दर्शकहरुवाट धेरै नै राम्रो प्रतिकृया आएको छ । न्यूयोर्क, न्यूजर्सी र अन्य शहरहरुमा पनि दर्शनको तयारीमा साथीहरु लाग्नुभएको छ ।

दूरवीन: ‘महापुरुष ‘ ‘मह ‘जोडीको कारण यति धेरै लोकप्रिय भएको हो कि प्रस्तुत गरिएको विषयबस्तुको कारण ?

आचार्य: चलचित्रमा प्रस्तुत विषयबस्तुलाई मेसेजको रुपमा नै दर्शकहरुले धेरै मन पराएको पाइयो । अभिनय त दोश्रो पाटो भयो । वास्तवमा कथा त अव संसारको एकै खालको जस्तो नै भइसक्यो । चाहे तपाई अमेरिका, यूरोप वा अफ्रिकाको एकल महिला वा पुरुषको कथा भन्नुस वा नेपालको, त्यसमा समानता पाइन्छ । तर विषयवस्तुलाई कसरी प्रस्तुत गरिन्छ र त्यसले आम मानिसमा कस्तो सन्देश प्रवाह गर्छ भन्ने मूख्य कुरा हुन आउंछ । हो, यसकारण निर्देशक प्रदीप भट्राईले जसरी एउटा जटिल खालको विषयबस्तुलाई सरल र सहज रुपमा आम मानिसको मन र मस्तिष्कमा छुने गरि मर्मस्पर्शी तरिकाले प्रस्तुत गर्नुभएको छ, यो नै यस चलचित्रको सफलताको मुख्य कडी हो । एउटा वालकदेखि ९१ बर्षको आमा समेतलाई यो चलचित्रको विषय र प्रस्तुतीले छोएको छ । यो नै सफल निर्देशकको एक उत्कृष्ट कार्य र उसको सफलताको मापन हो ।
दूरवीन :चलचित्र हेरेपछि कतिपय प्रतिकृयाहरु चाही हरिवंश आचार्यकै जीवनमा आधारित विषयबस्तुलाई प्रस्तुत गरिएको भन्ने पनि सुनियो । के यहाँलाई यस्तो लाग्छ?
आचार्य : जव महिला वा पुरुष एकल हुन्छ र ऊ आफ्नो सन्तानको खुशीलाई आफ्नो खुशी ठान्न बाध्य हुन्छ, यो संसारका सबै महिला वा पुरुषहरुको जीवनमा आधारित रहेको हुन्छ । चलचित्रमा मेरो जीवनका केही भोगाइहरु मेल खाएपनि यो संसारका सबै एकल महिला तथा पुरुषको अनुभव र भोगाईको कथा हो । मैले अघिपनि भने, मूख्य त विषयबस्तुको प्रस्तुती र त्यसले प्रदान गर्ने सन्देश नै हो । यसकारण यो प्रत्येक समुदाय र घरघरको कहानी हो ।
दूरवीन :कन्टेन राम्रो भयो भने नेपाली चलचित्रले पनि व्यावसायि क सफलता पाउछन् भन्ने यसको अर्काे सन्देश हो?
आचार्य : ‘महापुरुष’को एक विशेषता चाही अरु भन्दा भिन्न के रह्यो भने सपरिवार हलमा भएर फिल्म हेर्ने वातावरणको सृजना भयो । हलमा फिल्म हेर्ने भनेको कि श्रीमति, गर्लफ्रेन्ड वा साथीभाईसंग मात्र बसेर हेर्ने भन्ने ट्रेन्ड चाही यसले ब्रेक गर्याे । छोराछोरी आफ्ना आमाबालाई लिएर अथवा पुरै परिवार नातागोता संगै बसेर फिल्म हेरेका पाइयो । २७ २८ जनाले एकैपटक हलमा गएर महापुरुष हेरेको दृश्य सामाकि संजालहरुमा देखियो । महापुरुष हेर्न ९१ बर्षको आमालाई लिएर छोरा हलमा गएका छन् । ८४ बर्षका बा ले छोरासंग बसेर हेरेका छन् । यसकारण यो पूर्णरुपमा पारिवारिक चलचित्र छ । यसले समाजका विभिन्न आयामहरुलाई जोडेको छ । महापुरुष हेरेपछि हरेक दर्शकलाई कथाबस्तुले छोएको हुन्छ । यसकारण यसले व्यावसायिक सफलता प्राप्त गरेको हो जस्तो लाग्छ ।

सम्बन्धित समाचार

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार
ट्रेन्डिंग न्यूज्

प्रा.डा. त्रिपाठीलाई माधव घिमिरे पुरस्कार

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति
Breaking News

सुन तस्करी प्रकरणमा जाँचबुझ आयोग गठनमा जुटेन सहमति

साहित्यकार समीर नेपालका दुई कृतिको  समिक्षा
एनआरएन विशेष

साहित्यकार समीर नेपालका दुई कृतिको समिक्षा

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित
खेलकुद

क्यानको सचिवमा पूर्व कप्तान पारस खड्का निर्वाचित

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल
ट्रेन्डिंग न्यूज्

धार्मिक सद्भाव कायम राख्न संयुक्त अपिल

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग
अमेरिका समाचार

क्यालिफोर्नियामा कन्सुलर कार्यालय स्थापना गर्न प्रधानमन्धी समक्ष माग

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result