Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विना लाइसेन्स गाडी चलाउँदाकाे सास्ती, नाै महिने जेल जीवनबाट प्रशान्त लिम्बूले पाए मुक्ति 

मंसिर २८, २०७५ २:२९ मा प्रकाशित
विना लाइसेन्स गाडी चलाउँदाकाे सास्ती, नाै महिने जेल जीवनबाट प्रशान्त लिम्बूले पाए मुक्ति 
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ मङ्सिर /  नौ महीनासम्म बिना लाइसन्स गाडी चलाउँदा ट्राफिक प्रहरीको जाँचका क्रममा जरिवाना तिरेर हिँड्ने क्रम चलेकै थियो तर विसं २०७४ वैशाख १६ को मध्यरात, झापा बुद्धशान्ति गाउँपालिका–४ का प्रशान्त लिम्बूका अगाडि त्यो बिकल्प सम्भव भएन । साउदी अरबको सडकमा मालबाहक गाडी चलाउँदै गर्दा एक्कासि साउदी नागरिकले चलाएको कारले उनको गाडीलाई ठक्कर दियो ।

ठक्करबाट कारमा सवार साउदी नागरिकको ज्यान गयो । त्यसलगत्तै साउदी प्रहरीले उनलाई नियन्त्रणमा लियो र रियादस्थित मलास जेलमा राख्यो । लाइसन्स र बीमा नभएको सवारी साधन चलाएकाले उनकै गाडीलाई ठक्कर दिनेलाई नभइ उनी नै दोषी ठहरिए ।

अदालतको फैसला नआउँदासम्म उनी आठ महीनासम्म जेल जीवन बिताउन बाध्य भए । गएको फागुन १ गते अदालतको फैसलाबाट उनी जेलमुक्त भए । अदालतले दुर्घटनामा लिम्बुको ७५ प्रतिशत गल्ती देखाई ब्लडमनी बापत साउदी रियाल दुई लाख २५ हजार र दुर्घटनामा परेको कारको क्षतिपूर्तिबापत साउदी रियाल १५ हजार तिर्नुपर्ने फैसला ग¥यो । उक्त ब्लडमनी एवं क्षतिपूर्तिको आधा रकम लिम्बू र आधा रकम कम्पनीले तिर्नुपर्ने फैसलामा उल्लेख थियो ।

परिवारको आर्थिक अवस्था निकै दयनीय रहेको लिम्बूको परिवारसँग त्यत्रो क्षतिपूर्ति तिर्ने सामथ्र्य थिएन । जेलमुक्त भए पनि अदालतले तोकेको ब्लडमनी नतिरेसम्म उनी नेपाल फर्कन पाएनन् ।

जीवनको कठीन परिस्थितिबाट गुज्रीरहेको प्रशान्तको उद्धारका लागि कहीँकतैबाट संगठित सहयोग नभएको अवस्थामा प्रवासी नेपाली समन्वय समिति (पिएनसिसी) को पहलमा ‘प्रशान्त लिम्बू उद्धार अभियान’ शुरु भयो । पिएनसिसीले यसै वर्षको असार १४ गतदेखि ब्लडमनी सङ्कलन अभियान शुरु गरेको थियो ।

छोटो समयमै अभियानले सफलता पायो । परिणामस्वरुप बिहीबार राति मात्र लिम्बू स्वदेश फर्कन सके । लिम्बूको उद्धारका लागि प्रवासी नेपाली समन्वय समिति काठमाडाैले रु १५ लाख ४४ हजार २६०, प्रेम बचाउ अभियान मूल समिति काठमाडाैले रु १५ लाख, प्रशान्त लिम्बू देश फर्काउ अभियान झापाले रु पाँच लाख ४००, किराँत याक्थुम चुम्लुङ ललितपुरले रु ८० हजार र प्रशान्त लिम्बू देश फर्काउ अभियान ताप्लेजुङले रु ५६ हजार ९४० सहयोग गरेको थियो ।

विभिन्न सङ्घ संस्थाको सहयोगमा सङ्कलित रकम गत भदौ २५ गते परराष्ट्र मन्त्रालयमा हस्तान्तरण गरिएको थियो ।

गैरजिम्मेवार कम्पनी 

रियादस्थित ‘कराम अल–खालेज फर ब्लक एण्ड प्रिकास्टिङ’ कम्पनीमा सवारी चालकको प्रवेशाज्ञामा लिम्बू विसं २०७३ साउन २६ गते साउदी गएका थिए । उनलाई कम्पनीले लाइसन्सका लागि परीक्षणमा समेत सहभागी नगराई गाडी चलाउन बाध्य पार्यो । लाइसन्स बनाइदिन आफू गएको मेनपावर कम्पनी र एजेन्टलाई बारम्बार अनुरोध गरे तर उनको कुनै सुनुवाइ भएन् ।

उनले भने, “लामो समयसम्म लाइसन्स नबनाउँदा आफू जोखिममा पर्ने हुँदा ‘आफ्नै खर्चमा लाइसन्स बनाउँछु’ भन्दा पनि कम्पनीले कुनै सहयोग गरेन अन्ततः म बिना लाइसन्न साउदीको सडकमा गाडी चलाउन बाध्य भएँ ।” उनले कुनै पनि नेपाली युवालाई साउदीको सवारी चालक अनुमतिपत्र नलिई सवारी नचलाउन आग्रहसमेत गरे । दुर्घटनामा परेपछि उनलाई कम्पनीले कुनै सहयोग गरेन ।

कष्ठकर रुपमा आफूले जेल जीवन बिताएको स्मरण गर्दै उनले भने, “जेलमा पानी समेत खान दिइँदो रहेनछ, अर्काको जूठो खाना खान दिइयो । म आफू बाँचेर फर्कन्छु जस्तो लागेको थिएन । अहिले नेपाल आउँदा पुर्नजन्म पाएको अनुभूत गरेको छु ।”

मानवीय संवेदनासमेत ख्याल नगरी साउदी अधिकारीले आफूलाई मानसिक तनाव दिएको उनले सम्झिए । लिम्बूले भने, “जेलबाट रिहा हुँदा मैले मानसिक सन्तुलन गुमाइसकेको थिएँ । साथीको सरसहयोगमा आज यो जीवन पाएको छु, अब यही नै बसेर केही काम गर्छु, विदेश त म जाँदै जान्न ।”

नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था 

वैदेशिक रोजगारीका क्रममा सवारी चालक प्रवेशाज्ञामा जाने कामदार अन्त्यन्त जोखिममा रहेकाले सरकारले नयाँ ढङ्गले सोच्नुपर्ने अवस्था आएको पिएनसिसीले जनाएको छ । पिएनसिसीका अध्यक्ष कूलप्रसाद कार्की सवारी चालकका रुपमा खाडी मुलुक जाने कामदारलाई रोजगारदाताले आवश्यक सहयोग र सहजीकरण नगर्ने पाइएको हुँदा सरकारले नै कडाइका साथ अनुगमन गर्नुपर्छ भन्छन् ।

अहिले विभिन्न कारणबाट करीब २५ नेपाली साउदीको जेलमा बस्न बाध्य भएको पिएनसिसीले जनाएको छ ।

–अशोक घिमिरे, रासस

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result