दूरबिन नेपाल, नेपाल सम्बाददाता
सिन्धुपाल्चोक जिल्लामा भएको बस दुर्घटनामा १३ जनाको मृत्यु भएको जनाइएको छ । सिन्धुपाल्चोक जिल्लाको लामोसांघु जिरी सडक खण्डको पाँच किलो भन्ने स्थानमा सो दुर्घटना भएको हो । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ को स्वारा भन्ने स्थानमा बस सडकबाट पाँच सय मिटर तल खसेको थियो । प्रहरी घटनास्थलमा जांदै गरेको खवर प्राप्त भएको छ । दुर्घटनाबारे बिस्तृत विवरण आउन बांकी नै छ । बसमा दोलाखाको कालिन्चोक भगवतीको दर्शन गरेर फर्कंदै गरेका यात्रुहरु थिए । मृतकको संख्या अझै बढ्न सक्ने सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले अनुमान गरेका छन । घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना नेपालको समय अनुसार आइतबार विहान सवा ८ बजे तिर भएको थियो । सिन्धुपाल्चोकमा केही समय अघि पनि सडक दुर्घटना भएको थियो । इन्द्रावती गाउँपालिकामा भएको दुर्घटनामा १७ जनाको ज्यान गएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-