दूरबिन नेपाल
क्लब फुटवलको चर्चित प्रतियोगिता यूइएफए च्याम्पियन्स लिग प्रि–क्वाटर फाइनलको ड्र सार्वजनिक भएको छ । सोमबार सार्वजनिक भएको ड्र अनुसार अब प्रि–क्वाटर फाइनलमै केही बलिया क्लबहरु प्रतिष्पर्धा हुनेछ । ड्र अनुसार स्पेनिस क्लव रियल मड्रिड र इङलिस क्लव म्यानचेस्टर सिटी प्रि क्वाटर फाइनलमै भिड्ने छन । त्यसैगरि स्पेनिस महारथी बार्सिलोनाले इटालियन क्लव नपोलीसंग खेल्नेछ । पीएसजीले डर्टमुन्डसँग भिड्दा साविक विजेता लिभरपुलले स्पेनिस हस्ती एथ्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्नेछ । चेल्सीले बार्यन म्यनिखको समानना गर्ने छ ।







प्रतिक्रिया लेख्नुहोस्:-