काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छन्। नेतामा सभापति देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका थिए । संसदीय दलको नेता चयन गर्न बुधबार बिहान मतदान भएको थियो।
देउवाले ६४ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। देउवाका प्रतिस्पर्धी पार्टी महामन्त्री गगन थापा २५ मतमा सीमित भएका छन्। महामन्त्री थापाले निर्वाचन अघि नै आफूले संसदीय दलको नेतामा दावी गर्ने भन्दै मत मागेका थिए ।
प्रतिक्रिया लेख्नुहोस्:-