काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो संस्करणको उपाधि जितेको छ ।
शनिबार भएको रोमाञ्चक फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले उपाधि उचालेको हो ।
फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य जनकपुले १९ दशमलव २ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन जोडेको हो ।
सुदूरपश्चिमले दिएको लक्ष्य पूरा गर्ने क्रममा जनकपुरका ओपनर लाहिरु मिलन्थाले अर्धशतक प्रहार गरे । उनले ४९ बलमा ९ चौका ४ छक्काको सहयोगमा ८७ रन जोडे । उनलाई सुदूरपश्चिमका स्कट कुग्गेलिजनको बलमा आउट भएका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-