Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

हैट ! नोवेल विजेताले ठ्याक्कै मिलाइन 

पुस ६, २०७६ १:१२ मा प्रकाशित
हैट !  नोवेल विजेताले ठ्याक्कै मिलाइन 
Share on FacebookShare on Twitter

मनोज घिमिरे , न्युर्योक

सर्लाहीमा कक्षा पाँचसम्म पढ्दा साथीभाइ र सरहरुले बोलाउने मेरो नाम थियो बित्ते । बित्तेको शाब्दिक अर्थ हुन्छ कम उचाइ भएको वा उमेर अनुसार बढ्न नसकेको । वास्तविक नाम मनोज घिमिरे भएपनि मलाई बित्ते  उपनाम दिने चाहि कुनै पण्डित, घरपरिवारका सदस्य र साथीभाइ होइन स्कुलकै हेडसर मोहनराज दाहाल हुन् ।  

म पढ्न तेज थिए । त्यहाँ पढाउने मिसदेखि हेडसरसम्म गाउँकै भएका कारण कक्षा ५ पछि मलाई बोलाउने नाम परिवर्तन भयो । हेडसरको मुखबाट माइलो भनेर बोलाउन थालेपछी  बित्ते नाम हरायो । जन्म दर्ता देखि स्कुलमा मनोज घिमिरे भएतापनि सबैले मलाई माइला भन्न थाले । तराइको भएकाले मधेशी समुदायका मानिसले मलाई ‘गोविन्देका वेला माइला’ र कोहीले माइलालाई बिगारेर अझै ‘माइला रे’ भन्थे । यो घटना मेरा कोही बालशखाहरुलाई याद हुन पनि सक्छ । 

बढ्दै र पढ्दै माध्यमिक स्कुलमा पाइला हालियो । त्यहाँ माइलाबाट मनोज घिमिरे त भए, तर साथीहरूले बोलाउँदा ‘मनोजे’ भन्थे । अझ, मधेशी मूलका साथीहरूले मलाई बोलाउँदा ‘मनोज वा रे’ भन्थे । मलाई मधेशी मूलको मेरो क्लासको फस्ट मात्रै थियो होला, जसले मलाई मनोज भनेर सम्मानका साथ बोलाउथ्यो ।  

त्यो उमेर र स्कुले जीवनका केही संस्मरणहरू अहिले पनि ताजा बनेर आँउछन् ।  गाउँ र स्कुलका समकक्षीहरू सरको छोरा, भतिजहरु गरि सात आठ जना थिए । तर सरहरुले आफ्नो छोरो र भतिजलाई भन्दा पनि बढी माया गरिरहेको आभाष हुन्थ्यो । अङ्ग्रेजी सर विष्णु हाडाले मलाई थरले बोलाउनु हुन्थ्यो । कक्षमा रहँदा लौ, घिमिरे यो भनेको के हो भनेर सोध्नसाथ म जवाफका लागि तयार भइहाल्थे ।  

जन्म तिथि, मिति र योग नक्षत्र अनुसार न्वारानको नाम उपेन्द्र घिमिरे हो । मेरो न्वारन  गर्ने बाहुन, आमाबुवा र ज्योतिस वाहेक कसैलाई थाहा छैन । एक समय यस्तो पनि आयो कानुनी प्रयोजन र शैक्षिक प्रमाण पत्रमा सधैँका लागि कुन नाम राख्ने भन्ने दुबिधा भयो । नौ कक्षामा फारम भर्दाको समय थियो त्यो । नेपाली सर सीताराम दाहालले मनोज घिमिरे नै राख्न सुझाए र म सहमत भए । र, अहिले सम्म उनकै कारण मेरो कानुनी नाम मनोज घिमिरे नै छ । 

काठमाडौँ आएसँगै म पत्रकारिता क्षेत्रमा जोडिन पुगे । पत्रिकामा बाइलाइन होस वा, टिभीको क्रेडिट लाइनमा मनोज घिमिरेकै नामले पाठक, दर्शक र श्रोता बीचमा म चिनिन थाले । नेपालमा मिडियामा काम गरेका कारण अहिले अमेरिकाको व्यस्त सहर न्यूयोर्कमा रहँदा पनि कहिलेकाँही अपरिचित ब्यक्तिले नाम लिएर मनोज घिमिरे नै हैन तपाई भन्दै परिचय गर्न आउदा र टिभिमा देखेको बताउदा छुट्टै महसुस हुँदो रहेछ । 

अमेरिका आएपछि पनि केही कारण छन् र त म तिनै बाल्यकालको यादमा डुबी रहन्छु ।
अमेरिका आएसगै मेरो नाम बिगारेर बोलाउने जमात थपिदै छ । उनीहरुले बिगारेर बोलाउँदा पनि मैले बुझेर बोलिदिनु पर्ने मेरो दैनिकी भएको छ । मनोज भन्न नजानेर  स्टारवक्समा कफि किन्दा होस वा रिर्पोटिगको क्रममा भेटिएका अरु देशका आर्थिक रिर्पोटरहरु किन नहुन मनोजलाई कत्तिले मन, मनु, मनेस, मनेज मानेज, मानुज भनेर वोलाउछन वा लेखिदिन्छन । हैट! आफ्नै नाम बिरुप बनाएको पनि आफैले सुन्नु र हेर्नु पर्ने । विदेशीले नाम सही लेखुन वा भनुन भन्ने हो भने, वच्चामा एक फर एप्पल भने जस्तै, मनोजलाई अग्रजीमा एम फर माउटेन, ए फर एप्पल, एन फर नेस्सी, ओ फर ओस्कार र जे फर जापन नभनेसम्म उनीहरुले शुद्धगरी नाम लेख्दैनन । 

तर  एक महिना अघि अविस्मरणिय संयोग जुर्यो । अरुलाई जस्तो मेरो नाम मनोज हो र यसको स्पेलिग यस्तो हुन्छ भनेर भन्नुपरेन । कुरा हो, एक महिना अघि नोवेल पुरस्कार विजेता एस्टर डुफ्लोले मलाई उनको किताव गुड इकोनोमिक्स फर हार्ड टाइम्स, विमोचनपछि पुस्तकमा हस्ताक्षर गर्दाको वखत हो । 

उनले मेरो नाम राम्रोसग लेख्दै गर्दा पनि मलाई नाम विर्गाछिन की जस्तो लागेर मैले मनोजको अन्तिम ज को अग्रजी जे भने । उनलाई Manoj वा  Manog  भनेर अन्यौल नहोस भनेर जे भनिरहेको थिए । 

फ्रान्स मुलकी अर्थशास्त्री एस्टरले शुद्ध गरी अटोग्राफ दिदा मन नै फुरुंग भएको थियो । कारण थियो, अहिलेसम्म अरुले मेरो नाम बिगारेर वोलाएपनि नोवेल पुरस्कार विजेताले उनको कितावमा त सही नामले अटोग्राफ दिइन । 

हुनसक्छ, उनको श्रीमान अभिजीत वनर्जी भारतीय मूलका भएर, उनलाई एसिएन नाम मनोज भन्ने थाहा थियो । तर, मलाई उनको अटोग्राफ सहित लेखेको फर मनोज र उनको हस्ताक्षर चाहि धेरै वर्षसम्म याद रहिरहनेछ । 

मैले उनले दिएको अटोग्राफको फोटो, फेसवुक, ट्वीटर, इस्टाग्राम र लिगंडेनमा पनि सेयर गरे । अहिलेसम्म आफुले थाहा भए देखि नाम बिगारेर वोलाउनेको जमातमा नोवेल पुरस्कार विजेता एस्टरको अटोग्राफप विशेष थियो मेरो लागि, विशेष नै रहिरहेनछ कयौ वर्षसम्म । 

हुन पनि किन नहोस, उनी यो बर्ष २०१९ को अर्थशास्त्रतर्फ गरीवि निवारण गरेवापत नोवेल पुरस्कार पाउने तीन जना मध्ये एक अर्थशास्त्री हुन । अर्थशास्त्रतर्फ नोवेल पुरस्कार पाउने कम उमेरमा र दोस्रो महिला हुन ।

मेरोअघि लाइनमा रहेका चिनीया लगायत, अरु देशका मानिसहरु पनि अटोग्राफका लागि उभिएका थिए । उनले पनि नाम विगारिदिन्छिन् की भन्ने डर लाइनमा बसेका अरुलाई पनि लागि रहेको बुझ्न सकिन्थ्यो । त्यसैले उनीहरुले पेपरमा वा मोवाइलमा आफ्नो नाम देखाउदै अटोग्राफ मागे । तर, जे होस, मेरो नाम सही लेखर अटोग्राफ दिएकोमा एस्टरप्रति आभारी भए । 

विश्वब्यापी गरीवि निवारण गर्नका लागि उल्लेखनीय भुमिका पुराएको भन्दै करिव ३ महिना अघि यो बर्षको अर्थशास्त्रतर्फको नोवेल पुरस्कार एस्टर लगायत्त अन्य दुइ अर्थशास्त्रीद्धय अभिजीत वनर्जी र माइकल क्रेमरले पाएका थिए ।

मुख्यगरी भारतमा गरिवीसग जुद्ने बैज्ञानिक विधि, कसरी गरिवले शिक्षा, स्वास्थ्य, खानेकुरा र पैसाा  वारे आफ्नो आफ्नो धारण बनाउछन भन्ने अनुसन्धान आधारीत थियो । 

जसको पुरस्कार राशि मात्रै ९० लाख स्वीडिस क्रोना डलर अर्थात ९ लाख अमेरिकन डलर रहेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result