काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टीमा गुटगत प्रवृत्ति रहेको स्वीकार गरेका छन् ।
संस्थापनइतर समूहका नेता समेत रहेका उनले सोमबार काठमाडौंमा कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो स्वीकार गरेका हुन् ।
उनले पार्टी सभापतिले सबै नेताहरूको कुरा नसुनेपछि आफू पनि बाध्य भएर आफूलाई ४०र६० को भागबण्डामा लागेको जिकिर गरे ।
पार्टी सभापति देउवा पूर्वप्रधानमन्त्री स्व। भट्टराईको अनुयायी भएको बताउँदै सभापति देउवाले नै गुटलाई फस्टाइदिने गतिविधि गरेको आरोप लगाए ।
प्रतिक्रिया लेख्नुहोस्:-