काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सार्वजनिक लेखा समितिका सभापतिको राजीनामा माग गरेको छ । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा माओवादी सांसद अमनलाल मोदीले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलको राजीनामा माग गरेका हुन् ।
सरकारलाई चेक एण्ड व्यालेन्स गर्ने समितिका सभापतिविरुद्ध नै आर्थिक लेनदेनको कुरा उठेकाले मार्गप्रसस्त गर्नुपर्ने उनको भनाइ छ। उनले सहकारीका बारेमा सभापति पोखरेल र परिवारमाथि पनि प्रश्न उठेकाले केही न केही जवाफ दिनुपर्ने बताए। सांसद मोदीले लेखा समितिको सभापति प्रतिपक्षीले पाउनुपर्ने दोहोर्याए।
त्यस्तै एमाले सांसद योगेश भट्टराईले लेखा समितिका सभापतिकै बारेमा आर्थिक लेनदेनमा कुरा उठेको अवस्थामा प्रष्ट पार्नुपर्ने बताए।
प्रतिक्रिया लेख्नुहोस्:-