Friday, July 11, 2025
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

अभिनेता शिव श्रेष्ठलाई 'लाइफ टाइम एचिभमेण्ट' अवार्ड !

पुस ९, २०८१ ९:५१ मा प्रकाशित
अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

Screenshot

Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को/क्यालिफोर्निया
दुरवीन संवाददाता

डिसेम्बर २१ शनिवार स्यानफ्रासिस्को वे एरियाको रिचमण्डमा सम्पन्न ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड कार्यक्रम २०२४’मा अभिनेता अनमोल केसी र अभिनेत्री आँचल शर्माले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । अभिनेता अनमोल केसीले फिल्म ‘फर्कि फर्कि’ र आँचलले फिल्म ‘डिग्री माइला’ मा प्रदर्शन गरेको अभिनयका कारणले उत्कृष्ट अवार्ड प्राप्त गरेका हुन् । यसैगरी सर्वोत्कृष्ट फिल्मको अवार्ड दिनेश राउतले निर्देशन गरेको ‘पुजार सार्की’ ले हात पार्यो भने सोही फिल्मका निर्देशक राउतले उत्कृष्ट निर्देशक अवार्ड समेत प्राप्त गरेका छन् ।
सोही अवार्ड वितरण कार्यक्रममा अभिनेता शिव श्रेष्ठ ‘लाइफ टाइम एचिभ्मेन्ट’ अवार्डबाट सम्मानित भएका छन् । अभिनेता श्रेष्ठलाई ४० वर्षभन्दा वढी चलचित्र जगतमा पुऱ्याएको योगदान र अभिनय क्षमताको आधारमा सो लाइफ टाइम सो अवार्डले सम्मान गरिएको थियो ।
प्राप्त समाचार अनुसार मिति २०८० साउनदेखि ०८१ असार मसान्तभित्र नेपालका सिनेमा घरमा प्रदर्शन भएका नेपाली चलचित्रहरू अवार्डमा समावेश गरिएको थियो ।
कार्यक्रममा आयोजक यज्ञलाल श्रेष्ठले नेपाली कला र कलाकारको सम्मान एवं अन्तराष्टियकरणको लागि आफूहरुले अवार्ड कार्यक्रमको आयोजना गरेको बताए । बरिष्ठ अभिनेता नीर शाहले विदेशमा हुने अवार्डले नेपाली कला र कलाकारको गौरव बढ्ने बताउँदै अवार्डको निरन्तरताको कामना गरे । कार्यक्रममा हास्यकलाकारहरु जीतु नेपाल,माग्ने बुढो (केदार घिमिरे) तक्मे बुढो, रिमा विश्वकर्मा लगायतले विभिन्न प्रस्तुतीहरु दिएका थिए । वरिष्ठ अभिनेता शिव श्रेष्ठ,वरिष्ठ अभिनेता सुनिल थापा,चर्चित अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, वरिष्ठ छायाँकार गौरीशङ्कर धूजु श्रेष्ठ,अभिनेता सुनिल कटुवाल र वरिष्ठ चलचित्र पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी रहेको जुरीले अवार्ड चयन गरेको थियो । त्यसैगरी डिसेम्बर २२ मा बर्कलीमा ‘नेपाल डे परेड’ सम्पन्न भयो भने सोही साँझ कलाकारसंग क्रुज पार्टी समेत गरिएको थियो ।
कसले पाए अवार्ड ?
लाइफ टाइम एचिभ्मेन्ट – शिव श्रेष्ठ
सर्वोत्कृष्ट अभिनेता– अनमोल केसी (फर्की फर्की)
सर्वोत्कृष्ट अभिनेत्री– आँचल शर्मा (डिग्री माइला)
पपुलर अभिनेता : प्रदीप खड्का
पपुलर अभिनेत्री : केकी अघिकारी
सर्वोत्कृष्ट फिल्म : पुजार सार्की
सर्वोत्कृष्ट निर्देशक : दिनेश राउत
सर्वोत्कृष्ट लेखन : दीपेन्द्र लामा (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट छायांकन : आलोक शुक्ला (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट सम्पादन : मित्र गुरुङ (उपहार)
सर्वोत्कृष्ट सहअभिनेता : प्रमोद अग्रहरी (अगस्त्य)
सर्वोत्कृष्ट सहअभिनेत्री : वर्षा शिवाकोटी (परदेशी २)
सर्वोत्कृष्ट संगीतकार : प्रकाश सपुत (बोक्सीको घर)
सर्वोत्कृष्ट गायक : एसडि योगी (नाङ्गो गाउँ)
सर्वोत्कृष्ट गायिका : समीक्षा अधिकारी (बोक्सीको घर)
जुरी अवार्ड : बोक्सीको घर
कृटिक्स अवार्ड : गाउँ आएको बाटो

सम्बन्धित समाचार

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल
Breaking News

न्यान्सको अध्यक्षमा पुन: कार्की, महासचिवमा दाहाल

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने
Breaking News

शनिबार वर्तिका राईको सांगीतिक कार्यक्रम हुने

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

संगथाले दुई दिने ध्यान शिविर गर्ने
Breaking News

संगथाले दुई दिने ध्यान शिविर गर्ने

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू
Breaking News

सान् फ्रान्सिस्कोमा धार्मिक महोत्सव शुरू

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !
Breaking News

नेपाली राजनीति र नेपाली जनताबीच चलिरहेको वर्तमानको अन्यौलता !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result