काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकार भ्रष्टचारमा लिप्त रहेको भन्दै देशैभर भण्डाफोर कार्यक्रम गर्ने भएको छ। पार्टी कार्यालय धुम्वाराहीमा मंगलबार बसेको राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निर्णय गरेको हो ।
ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउन नसकेको उनले बताए। त्यस्तै उनले सरकारले अर्थतन्त्र चलायमान गराउन नसकेको,अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असन्तुलित परराष्ट्र नीतिका कारण नेपाल भूराजनीतिक चक्रव्युहमा फस्न जाने खतरामा पुगेको निष्कर्ष बैठकले निकालेको जानकारी दिए।
बैठकमा पार्टीको आन्तरिक जिल्ला अधिवेशन तयारीको समिक्षा गरिएको लिङ्देनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-