काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकको सङ्कट समाधान गर्न कांग्रेस(एमाले एक ठाउँमा उभिएको प्रष्टीकरण दिएका छन् ।
उनले बुधबार नेपाल पत्रकार महासंघको नयाँ निर्वाचित केन्द्रीय समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिन नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा बोल्दै यस्तो धारणा राखेका हुन् ।
‘मिलेर काम गरेका छन् र ऐतिहासिक जित हासिल गरेका छन्, राष्ट्रिय सङ्कट परेको बेलाका कांग्रेस र कम्युनिष्ट मिलेका छन्’, उनले भने ।
देशमा अप्ठेरो स्थिति परेको बेलमा मिलेका भए पनि कांग्रेस र एमाले एक आपसका प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा बिर्सन नमिल्ने पनि उनले बताए।
प्रतिक्रिया लेख्नुहोस्:-