काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले कुनैपनि नेताले समाजका लागि सोच्न जरुरी रहेको बताएका छन् ।
उनले बुधबार नेपाली कांग्रेस रामेछाप–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
‘हाम्रो समाज हजारौं वर्षदेखि चलिआएको समाज हो । त्यो समाजको निरन्तरता हामीले दिने हो । बीपी कोइरालाको जुन विचार छ, त्यो विचारमा अडिएर हामीले अगाडि बढ्नुपर्छ,’ उनले भने ।
समाजका लागि सोचेमात्रै राजनीति हुने बताउँदै उनले आफ्नो मात्र चिन्ता गरेर राजनीति नचल्ने उनको जिकिर छ ।
प्रतिक्रिया लेख्नुहोस्:-