अमेरिका, २६ डिसेम्बर। जय नेपाल इन्टरनेशनल फाउन्डेसन- ग्लोबल नलेज नेटवर्कले डिसेम्बर २८, २०२४ मा नयाँ बर्ष २०२५ को शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागेको छ। यस कार्यक्रममा जय नेपाल इन्टरनेशनल फाउन्डेसन मिजौरीका अध्यक्ष डा. केशब भट्टराईले प्रकाशन हुन् लागेको आफ्नो किताबको बारेमा छोटो जानकारी दिने तथा लक्ष्मी प्रतिष्ठानका अध्यक्ष बिष्णु गौतम मुख्य बक्ताको रुपमा रहनु भएको ग्लोबल नलेज नेटवर्कको संयोजक डा. निरज श्रेष्ठले बताउनु भयो ।
देश तथा बिदेशमा रहनुभएका नेपालीहरुका बिचमा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले यस वेबिनार राखिएको हुँदा सबैलाई जोडिनको लागि संस्थाका अध्यक्ष डा. यादव पण्डितले अनुरोध गर्नु भयो ।
कार्यक्रममा जोडिनको लागि जुम लिंक
जुम आईडि: ९८५ १३४३ ३१३३
कोड: २०२४
समय:
नेपाली समय: डिसेम्बर २८, २०२४ साँझ ०७:४५ बजे
न्युयोर्क समय: ०९:०० बजे
टेक्सास समय: ०८:०० बजे
क्यालिफोर्निया समय: ०६:०० बजे
प्रतिक्रिया लेख्नुहोस्:-