स्यानफ्रान्सिस्को, क्यालिफोर्निया
डिसेम्वर २७
केही बर्ष अघि बे एरियाको बर्कलीमा भएको ग्लोवल फिल्म फेस्टिलवमा हातमा लामो क्यामेरा बोकेका एक युवालाई भ्याइनभ्याइ थियो । नेपाली सिनेमाका महानायक राजेश हमालदेखि नायिका केकी अधिकारीसम्मको फोटो खिच्न उनी अघिपछि दौडिरहेका हुन्थे । तिनै युवा फोटोग्राफर अर्जुन केसीलाई यतिबेला बे एरियामा फोटो खिच्न सांच्चिकै भ्याइनभ्याइ नै छ । बे एरियामा प्रायजसो कार्यक्रममा उनी नै लामो क्यामेरा बोकेर दौडिरहेका देखिन्छन् ।
गत आइतवार क्यालिफोर्नियाको मोन्टरेमा भेटिएका अर्जुनले दुरवीनसंगको कुराकानीमा नेपालमा कलेज अध्ययन गर्दा नै फोटोग्राफीमा रुची राखेका भएपनि अमेरिकामा आएपछि त्यसमा झन् रुची बढेको बताए । मोन्टेरेको पेनेन्सुला कलेजमामा फोटोग्राफी पढेपछि चाही यसमा साँच्चिकै रुची बढेर आयो, केसीले भने-‘शायद म भित्र फोटोग्राफीको प्यासन थियो, अनेक खालका क्यामेराहरु किन्न र फोटो खिच्न मन लाग्थ्यो । मोन्टरेको सुन्दरताले त झन फोटोग्राफीमा आकर्षित नै गर्याे’ ।
त्यसो त अर्जुनले बे एरियामा भएका सयौं इभेन्ट्स, कन्सर्ट, विबाह, महोत्सवको फोटो कभर गरेका छन् । नेपालका चर्चित कलाकार, बे एरियामा आएका नेतादेखि अभियन्ता सहभागी भएका कार्यक्रमहरुको फोटोग्राफी अर्जुनले नै गरेका छन् । अभिनेता राजेश हमाल, शिव श्रेष्ठ, भूवन केसी, अनमोल केसी, हरिबंश आचार्य देखि दर्जनौ कलाकार उनको फ्रेममा परेका छन् ।
अर्थविद् एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्ले र रंग पत्रकार प्रकाश सुवेदी उर्फ रजतपट अंकल ले त केसीको फोटोग्राफीको प्रशंशा नै गरेका थिए ।
आफ्नो प्यासन र रुचिले फोटोग्राफीमा तानेका भएपनि अमेरिकामा ब्यावसायिक फोटोग्राफर बन्न निकै चुनौति रहेको अर्जुनको बुझाई छ, भन्छन, यसको लागि निकै मेहनत, अध्ययन र लगानीको पनि जरुरत छ । नेपालीहरुको इभेन्टहरुमा आफूले सामान्य पारिश्रमिक मात्रै लिने गरेको उनी बताउंछन् ।
भविष्यमा फोटोग्राफी नै क्यारिएर बनाउने कि भन्ने दूरवीनको प्रश्नमा केसीले भने, ‘वाइल्ड लाइफ मा धेरै नै रुची छ, शायद पछि प्रोफेशन नै त्यही बन्छ कि’? केसीलाई हाम्रो पनि शुभकामना ।
प्रतिक्रिया लेख्नुहोस्:-